कमल गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी शहीद लाई

0
10

कमल ।

कमल गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी शहीद धर्मभक्त माध्यमिक विध्यालय कमल ३ ले जितेको छ ।

शहिदले ११ स्वर्ण ४ रजत र ५ कास्य पदक प्राप्तगरी प्रतियोगिताको उपाधी जितेको हो । त्यस्तै कमल ५ स्थित मंगलमय माध्यमिक विध्यालयले ४ स्वर्ण ९ रजत र २ कास्य पदक प्राप्तगरेको छ भने महेन्द्र रत्न माध्यमिक विध्यालयले ४ स्वर्ण ३ रजत र ३ कास्य पदक प्राप्तगरेको छ ।

त्यस्तै कमल ७ स्थित सरस्वती माध्यमिक विध्यालयले ४ स्वर्ण ४ रजत र ५ कास्य पदक प्राप्तगरेको छ भने कमल १ सिथत बाँसवारी माध्यमिक विध्यालयले १ रजत र १ कास्य पदक प्राप्तगरेको छ ।

त्यस्तै ज्योति माध्यमिक विध्यालय कमल २ ले ३ स्वर्ण ३ रजत र १ कास्य पदक प्राप्तगरेको छ भने कमल ६ स्थित वाणी माध्यमिक विध्यालयले ३ स्वर्ण १ रजत र ६ कास्य पदक प्राप्तगरेको छ ।

त्यसैगरी कमल १ स्थित नरेन्द्र जनता माध्यमिक विध्यालयले २ स्वर्ण १ रजत र २ कास्य पदक प्राप्तगरेको छ भने कमल २ स्थित कमल मदन आश्रित स्मृती माध्यमिक विध्यालयले ३ रजत र ३ कास्य पदक प्राप्तगरेको छ ।

कमल ३ स्थित अण्डरल्याण्ड माध्यमिक विध्यालयले २ स्वर्ण ३ रजत र ४ कास्य पदक प्राप्त गरेको भने कमल ५ स्थित सरस्वती माध्यमिक विध्यालयले ४ स्वर्ण ४ रजत र ५ कास्य पदक प्राप्तगरेको छ भने कमल २ स्थित महेन्द्र रत्न माध्यमिक विध्यालयले ५ स्वर्ण ३ रजत र ४ कास्य पदक प्राप्तगरेको छ ।

कमल ३ स्थित लालिमा माध्यमिक विध्यालयले ३ स्वर्ण ३ रजत र १ कास्य पदक प्राप्तगरेको छ भने कमल ६ स्थित स्मारिका माध्यमिक विध्यालयले कमलले १ स्वर्ण १ रजत र ५ कास्य पदक प्राप्तगरेको छ ।

त्यस्तै कमल ५ स्थित स्टर माध्यमिक विध्यालयले १ स्वर्ण १ रजत र १ कास्य पदक प्राप्तगरेको छ । कमल ६ स्थित साउथपोल माध्यमिक विध्यालयलेले १ रजत पदक प्राप्तगरेको छ । कमल ६ स्थित हिमाली माध्यमिक विध्यालयलेले १ रजत पदक प्राप्तगरेको छ भने कमल ७ स्थित सिहदेबी आधारभुत विध्यालयले १ कास्य पदक प्राप्त गरेको छ ।

कमल ४ स्थित फोनिक्स माध्यमिक विध्यालयले १ रजत , कमल ३ स्थित निहारिका माध्यमिक विध्यालयलले २ रजत, र मोनसन आधारभुत विध्यालयले १ कास्य पदक र पिंङ्गडाडा आधारभुत विध्यालयले १ कास्य प्राप्त गरेका छन् भने विध्यासदन माध्यमिक विध्यालय र पाथिभरा माध्यमिक विध्यालयले प्रतियोगितामा सहभागि जनाएका थिए ।

प्रतियोगिता गत माघ २७ गते देखि कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा सुरु भएको थियो । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here