नेपालमा चिनियाँ आर्थिक गतिविधि र रणनीति

0
6

काठमाण्डौं ।

चीन नेपाललाई आर्थिक रणनितीको हिसाबले चिनियाँ आर्थिक गतिविधिको प्रमुखस्थल बनाउन खोजिरहेको छ । केहीबर्षहरु बाट लगाताररुपम चिनियाँ उच्च अधिकारी हरुकोको नेपाल भ्रमणपछि त उसको कुटनैतिक आर्थिक जाल ह्वातै बढेर गएकोछ । नेपालको आन्तरिक निती, कार्यक्रम तथ देशको अवको अन्तर्राष्ट्रिय सम्बन्धमा चीनको चासो एकपछि अर्को गर्दै बढेरजानु आश्चर्यको विषय बनेकोछ ।

चिनियाँ उच्च टोलीहरुको नेपाल भ्रमण देखि त्यहांका प्रशाासनिक व्यतिहरुको नेपाल प्रतिको व्यवहार र नेपालको आन्तरिक मामिलामा गरेको हस्तक्षेपले नेपालमा चीनको हस्तक्षेप घट्ने होईन आगामि दिनमा अझबढ्ने देखिन्छ । चीनले हालैका वर्षहरुमा आर्थिक अलगानीलाई हेर्ने हो भने अवको केही बर्ष भित्रमा नै चीनले नेपालको सरकारी क्षेत्र र निजी क्षेत्रमा कब्जा जमाउन सक्ने ठुलो खतराको महसुस गर्न सकिन्छ । स्थानिय निकाय र व्यतिहरुबिचको चीनको लगानीलाई अप्रत्यासित रुपमा लिनसकिन्छ ।

चीन हालैका दिनमा नेपाललाई उसको आर्थिक ,राजनैतिक र सैन्यउपस्थितीलाई दरिलो बनाउन खेल मैदानको रुपमा प्रयोग गर्न खोजिरहेको छ । चीनले सिमापार सञ्जाल लाई विस्तार गर्न विकट हिमाली भेगहरुमा गरिरहेको अर्वौ लगानीलाई राजनैतिक दृष्टिले हेर्दा त्यो भविष्यमा सुखद देखिदैन किनभने ताप्लेजुङ्गदेखि दार्चुलासम्म चीनले विकास निर्माणमा नेपाली भुमिमा आफ्नो सैन्य उपस्थितीलाई बढाउन खोजिरहेको छ ।

चीनको अहिलेको नेपाल प्रतिको यत्रो ठुलो लगानी भनेको चीन नेपालमा भारत लगायत अन्य मुलुकको लगानीलाई रोक्नचाहान्छ । चीनले आफ्नो हितलाई मात्र मध्यनजर राखेर लगानी गरिरहेकोछ । उसले नेपालकोहित र उन्नतीलाई खासैचासो दिदैन । नाकामा जोडिने सडकको खर्च,रेल वे परियोजना गरिरहेको लगानीको विषयमा पनि चीनले आफ्नो स्वार्थलाईमात्र महत्वदिएको छ ।

नेपालमा आफ्नो उपस्थितीलाई बलियो बनाउन सुचना प्रविधीलाई आफ्नो अनुकुल बनाउन र नेपालमा बसेर विश्वको गतिविधिलाई नियाल्न साथै गोप्य सुचनाहरुलाई थाहापाउन चीनले सुचना प्रविधिको जडानलाई पनि महत्व दिदैआईरहेको छ । नेपालमा आर्थिक उपस्थिती र सुचना प्रविधिलाई प्रयोग गरि अन्यमुलुक विरुद्ध गतिविधिगर्न चीनले नेपाललाई आर्थिकहव बनाउन खोजिरहेको छ । चीनको आर्थिक लगानीबाट नेपालले लिनेलाभ भनेको शुन्य छ ।

उसको आर्थिक लगानीले नेपाललाई ऋणको ठुलो संकटमा धकेलिरहेको छ । गत ५ वर्षमा मात्र चिनियाँ ऋण बढेर दोब्बरभईसकेको छ । यो नेपालले तिर्न नसक्ने ऋण हो यसले नेपालको राष्ट्रियता र सार्वभौमिकतामानै गम्भिर संकट पैदा गरेको छ । नेपाललाई नै ऋण बोझ बोकाएर नेपालबाट स्वार्थ पुर्तिगर्न लागेको चीनले नेपालको आन्तरिक राजनैतिकदल र सरकारलाईनै हस्तक्षेप गरी विश्व संग टक्कर लिन नेपाललाई खेलमैदान बनाईरहेको छ ।

विकासको नाममा कुटनिति सञ्चालन गरेर नेपाललाई प्रयोग गरी चीन आफ्नो बजार विस्तार र सैन्यविस्तारमा लागिपरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरुले नेपालप्रति दिएका अभिव्यतिहरुले पनि चीन नेपालमा अरु मुलुकको उपस्थितीलाई निषेधगर्न खोजिरहेको छ । खुलापन पछीको एउटा कालखण्डमा विश्वमा आफ्नो शक्ति प्रदर्शन गरिरहेको चीनले पछिल्लो समय नेपालको भुमिलाई प्रयोग गर्ने रणनिती लिएको छ ।

चीनले नेपाललाई आर्थिक लगानीमा प्राथमिकता दिनुले चीन नेपालमा स्थानियतह देखि सरकारसम्म आफ्नो कब्जाको नितिलाई आक्रमक ढंगले अगाडी बढाईरहेको छ । हर नागरिक प्रतिको उसको लगानीले भविष्यमा नेपाललाई तिब्बतीकरण गर्न सक्ने खतरा बढेर गएको छ । चीनको यो ऋण लगानीलाई बेलैमा रोक्न सकिएन भने नेपाल चीनको उपनिवेसिकरणमा जान सक्ने नेपालको अस्तित्व नै सकिने खतरा बढेर गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here