माईमा २ महिने आँखा शिबिर सन्चालन हुने

0
18

विमल दहाल /माई ।

विराटनगर आँखा अस्पताल, लाहान आँखा र कान केयर सिस्टम सिराहाको आयोजना तथा नेत्र ज्योति संघ इलाम र माई नगरपालिकाको समन्वय माई नगरपालिका भित्र स्वास्थ्य शिविर सन्चालन गरिने भएको छ । े

आज (मंगलबार) माई नगरपालिका सभा हलमा सम्पन्न “स्वास्थ्य आँखा सम्वन्धी अन्तरक्रिया” कार्यक्रममा नगर भित्रका सबै वडा र विद्यालयहरुमा आँखा, कान, नाक र घाँटी परिक्षण शिविर सन्चालन गरिने जानकारी गराईएको थियो । कार्यक्रमका प्रमुख अतिथी माई नगरपालिका मेयर खम्बा सिं लिम्बुले स्वास्थ्य शिबिर सम्बन्धी कार्ययोजना बनाएर कार्य गर्न आयोजक र स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।

करिब २ महिना सम्म सञ्चालन रहने शिविरमा पालिकाका ५० वर्षभन्दा माथिका व्यक्ति र विद्यार्थीले निशुल्क सेवा लिने नेत्र ज्योति संघ इलामका उपाध्यक्ष बिष्णु कार्कीले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहजकर्ता अजित कुमार चौधरीले आँखामा लाग्ने रोगको उपचार, बचावट र रोकथामका उपायका बारेमा जानकारी दिनु भएको थियो । अर्का सहजकर्ता सुधीर कुमार ठाकुरले जलबिन्दु, मोतिया बिन्दु जस्ता रोगहरूको अबस्था, लक्षण, प्रभाब र असर लगायतका समस्या र समाधानका बारेमा सहजीकरण गर्नु भएको थियो ।

त्यस्तै दिपनारायाण बिश्वासले शिबिर सञ्चालनको अबस्था र हाल सम्मको उपलब्धीका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा दृष्टि दोषमा देखिने ८ लक्षणका बारेमा समेत जानकारी गराईएको थियो ।

नेत्र ज्योती संघ इलामका अध्यक्ष इन्द्र फुयलको अध्यक्षता, उपाध्यक्ष बिष्णु कार्कीको स्वागत र संघका थरेन्द्र नेपालको सञ्चालनमा अन्तरकृया सम्पन भएको थियो । कार्यक्रममा माई नगरपालिका प्रमुख खम्वा सिं लिम्बु, प्रशासकिय अधिकृत महेन्द्र बिश्वकर्मा, वडा अध्यक्ष लिलाकुमार राईले कार्यक्रमको आबश्यक्ताका बारेमा मन्तब्य राख्नुभएको थियो ।

वडा अध्यक्षहरु राम बहादुर राई, उर्द बहादुर राई, देउकुमार तामाङ्ग, भुपाल पुर्वछाने मगर, खड्ग सुन्दर योङ्गहाङ्ग, अमृत मोक्तान, गणेश राई, वडा सदस्यहरु, स्वास्थ्यकर्मी, पत्रकार लगायत ५५ जनाको कार्यक्रममा सहभागिता रहेको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here