प्रज्जवला अपाङ्ग तथा महिला बहुउद्देश्यीयको २१औं वार्षिकोत्सव सम्पन्न

0
12

अर्जुनधारा।

झापाको अर्जुनधारा–८ स्थित प्रज्जवला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औं वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ ।

अर्जुनधारा–९ स्थित भूवनेश्वर शिव पाञ्चायन आनन्द धामको प्राङ्गणमा संस्था सञ्चालक समितिका अध्यक्ष डिल्ली घोर्साईंको अध्यक्षतामा आयोजित उक्त वार्षिकोत्सवको प्रमुख अतिथि प्रमुख दाता युवराज प्रसाईंले उद्घाटन गरेका थिए ।


कार्यक्रममा संस्थाले स्थापना गरेको अक्षयकोषबाट संस्थामा आबद्ध १८ जना अपाङ्गता भएका शेयर सदस्यलाई ४० हजार रुपैयाँ बराबरको विद्युतीय किचन सामग्री प्रदान गरिएको संस्थाकी व्यवस्थापक तुलास कुँवरले जानकारी दिइन् ।

सोही कार्यक्रममा अक्षयकोषका दाताहरु केशव थापा, दीप राई, नरेन्द्र राई, निर्मला रिमाल, मीनादेवी राई, रञ्जना कार्की र हरि चिमरीयालाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

संस्थाका सल्लाहकार एवम् अक्षयकोषका दाता दीपेन्द्र काफ्लेले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक पम्फादेवी वि.क., भूवनेश्वर शिव पाञ्चायन आनन्द धाम व्यवस्थापन समितिका उपाध्यक्ष डम्बर पुरीलगायतले मन्तव्य राखेका थिए ।

संस्थाकी उपाध्यक्ष रञ्जना कार्की न्यौपानेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here