नमूना वनमा प्रथम शहीद मगरको अर्धकदको शालिक

0
7

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ र ११ स्थिन नमूना वनको परिसरमा रहेको लखन थापा मगर स्मृति पार्कमा प्रथम शहीद क्या.लखन थापा मगरको अर्धकदको शालिक स्थापना गरिएको छ ।

नेपाल मगर संघ झापाको आयोजना र संघ अर्जुनधाराको संयोजनमा बुधबार आयोजित क्या. लखन थापा मगरको १४७औं स्मृति दिवसको सन्दर्भमा बुधबार कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले उक्त शालिकको अनावरण गरेकी थिइन् ।

तीन लाख ५० हजार रुपैयाँको लागतमा ढुंगामा निर्माण गरिएको शालिकको उचाई तीन फिट रहेको छ । अर्जुनधारा नगरपालिका र दाताहरुको संयुक्त सहयोगबाट निर्माण गरिएको लखन थापाको शालिक झापा जिल्लाकै पहिलो शालिक भएको आयोजकको दावी छ ।

लखन थापा मगर स्मृति पार्कको औचित्य बारे संघ झापाका पूर्व अध्यक्ष जगत राना मगरले जानकारी गराएको कार्यक्रममा नेपाल मगर महिला संघ झापाकी अध्यक्ष सुष्मा राना मगर, नेपाल आदिवासी जनजाती महासंघ अर्जुनधाराका अध्यक्ष कर्णबहादुर तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघ झापाका अध्यक्ष विकास थापा मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा दाताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रममा स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

संघ अर्जुनधाराका अध्यक्ष मनोजकुमार थापा मगरले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव सुनिल थापा मगरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here