वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबको अध्यक्षमा कञ्चना

0
14

बिर्तामोड ।

वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबको अध्यक्षमा कञ्चना ढकाल सिटौला चयन भएकी छन् ।

पूर्व अध्यक्ष क्लबको बिर्तामोडमा सम्पन्न तेस्रो बार्षिक साधारणसभाले सन् २०२४ का लागि पूर्व अध्यक्ष क्लबको अध्यक्षमा सन् २००९ की अध्यक्ष सिटौलालाई चयन गरेको हो ।

यसैगरी ,निवर्तमान अध्यक्ष पदेन् सचिव रहने ब्यबस्था अनुसार संगिता गिरीलाई सचिव चयन गरिएको छ। सन् २००४ मा स्थापित वीरता लेडी जेसीजमा संस्थापक अध्यक्ष सहित आजसम्म १८ जना पूर्व अध्यक्षहरु ,एकजना आजीवन सदस्य र १३ जना मानार्थ सदस्यहरु रहेका छन्।

पूर्व अध्यक्ष हरुको अनुभव,जिम्मेवारी र सक्रियतालाई अझ व्यवस्थित गर्न सन् २०२१ की अध्यक्ष स्वस्तिका आचार्यको पालादेखि विधिवत रूपमा पूर्व अध्यक्ष क्लब गठन गरिएको थियो।

पूर्व अध्यक्ष क्लबको सक्रियतामा प्रत्येक वर्ष नारी दिवसको अवसरमा ‘उत्कृष्ट नारी सम्मान’कार्यक्रमको आयोजना गरिँदै आएको छ ।साथै विभिन्न शुभकामना आदानप्रदानका कार्यक्रमहरु पनि पूर्व अध्यक्ष क्लबले गर्ने गरेको छ।

संस्थापक अध्यक्ष शारदा रिजालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि रिजाल,मानार्थ सदस्यहरुको तर्फबाट यशोदा उप्रेती,वीरता लेडी जेसीज वर्ष २०२४ अध्यक्ष मेनुका ओलीले नव निर्वाचित अध्यक्ष र सचिव लाई सफल कार्यकालको शुभकामना दिएका थिए।

सन् २०२३ को पूर्व अध्यक्ष क्लबका अध्यक्ष राधा सुब्बाको अध्यक्षता र सचिव संगिता चिमारियाको सञ्चालन रहेको साधारण सभामा पूर्व अध्यक्षहरु, वर्तमान अध्यक्ष साथै मानार्थ सदस्यहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here