व्यवसायीको पक्षमा काम गर्ने राजुको अठौट

0
14

झापा  । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्बाचनका लागि छुट्टा ÷ छुट्टै दुई वटा प्यानल खडा गरी व्यवसायी चुनाबी मैदानमा छन् ।
नेपाली कांग्रेस निकटका व्यवसायीले राजु न्यौपाने नेतृत्वको लोकतान्त्रिक व्यवसायिक समूह गठन गर्दै व्यवसायीहरु चुनावी मैदानमा छन् भने नेकपा एमाले निकटका व्यवसायीहरुले अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र व्यवसायिक प्यानल खडा गर्दै चुनावी मैदानमा छन् ।

राजकुमार घिमिरे‘राजु’ –  वरिष्ठ उपाध्यक्ष, पदका उम्मेद्वार –  स्वतन्त्र व्यवसायिक प्यानल


चुनावी प्रतिष्पर्धामा रहेका उम्मेद्वार मध्ये राजकुमार घिमिरे‘राजु’ स्वतन्त्र व्यवसायिक प्यानलका तर्फबाट वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार हुन् । २०५५ सालदेखि पाँचथरको रबि बजारबाट व्यवसाय शुरु गरेका राजुले पछिल्ला वर्ष झापाको बिर्तामोडलाई मुख्य कर्मथलो बनाएर व्यवसाय गरिरहेका छन् ।
सधंै ब्यवसायीको हकहितका लागि अग्रभागमा उभिने ‘राजु’ले बिर्तामोड उद्योग वाणिज्य संघको दुई कार्यकाल कार्यसमितिको भिन्ना भिन्नै पदका रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । कुमार भट्टराईको कार्यकालमा कार्य समिति सदस्य बनेका राजुले प्रकाश शिवाकोटीको कार्यकालमा वाणिज्य उपाध्यक्ष बने । हार्डवेर व्यवसाय सञ्चालन गरिरहेका राजुले सञ्चालन गरेको फर्म हो – राजु सप्लायर्स । यो संगै उनले पुण्यमाता हाउजिङ प्रालि समेत सञ्चालन गरिरहेका छन् ।
पाँचथरमा रहँदादेखि नै व्यवसायीको पक्षमा काम गर्दै आएका घिमिरेले रवि उद्योग वाणिज्य संघको समेत सचिवको जिम्बेवारी वहन गरेका थिए । किरानादेखि अलौंची व्यवसाय सञ्चालन गर्दै आएका उनले झापामा पनि व्यवसायसंघै सामाजिक संघ संस्थामा रहेर काम गर्दै आएका छन् । समाजसेवा गर्न रुचाउने राजु सालिन र सरल स्वभावका छन् । व्यवसायीको रोजाईमा परेका राजुले यस अघि भएको निर्वाचनमा समेत दोस्रो सर्बाधिक मतका साथ विजयी बनेका थिए ।
अलैंची व्यववसायी महासंघका केन्द्रीय सदस्य, लायन्स क्लव अफ अनारमनीको सन् २०२२÷ २०२३ का अध्यक्ष बनेका उनी विभिन्न संघ संस्थामा रहेर नेतृत्वदाायी भूमिका निर्वााह गरेका छन् । लायन्स क्लव अफ अनारमनीको अध्यक्ष रहँदा उनले सामाजिक क्षेत्रमा काम गरेर विभिन्न अवार्ड समेत हात पारेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका राजुले सधै व्यवसायीको पक्षमा काम गर्ने अठौट लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here