बिर्तामोड उद्योग वाणिज्य संघमा स्वतन्त्र प्यानलका उम्मेदवार घोषणा

0
22

झापा । अर्जुनकुमार मैनालीको नेतृत्वमा नेकपा एमाले निकट व्यवसायीहरुले बिर्तामोड उद्योग वाणिज्य संघका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
पाँच दलीय गठबन्धन बनाउँदै स्वतन्त्र व्यवसायिक प्यानल तयार गर्दै आगामी फागुन १४ गते हुने निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरिएको हो । बिर्तामोडस्थित संघको सभाहलमा आयोजित कार्यक्रमकाबीच उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उम्मेदवारहरु घोषणा गरेका हुन् । स्वतन्त्र व्यावसायिक प्यानलबाट मैनाली, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्ष ओमप्रकाश श्रेष्ठ, वाणिज्य उपाध्यक्ष गंगा मैनाली, जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, महासचिव कृष्ण पौडेल, उद्योग सचिव विसम लिम्बू, वाणिज्य सचिव कृष्ण चापागाईं, कोषाध्यक्ष युवराज निरौला र सह–कोषाध्यक्षमा निशा कर्णको नाम घोषणा गरिएको छ ।
खुल्ला सदस्यहरुमा शत्रुधन प्रसाद गुप्ता, केदार खनाल, शोतलाल राजबंशी, कृष्ण बजगाई , राकेश कुमार सिंह, चन्द्रा भट्टराई, अमिर खान, महिला सदस्यहरु सुष्मा उप्रेती (सुवेदी) र रिता चौधरी अग्रवाल रहेका छन् । स्वतन्त्र उम्मेदवारहरुलाई पाँच दलले समर्थन जनाएको छ ।
उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार मैनालीले वाणिज्य संघ मार्फत व्यवसाय क्षेत्रमा रुपान्तरण ल्याउन स्वतन्त्र प्यानलको जीत जरुरी रहेको बताए । उनले यथास्थितिको निरन्तरता गर्ने कि परिवर्तनको थालनी गर्ने त्यसमा व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए । व्यवसायिको हकहितमा काम गर्ने प्रतिवद्धता जनाउदै अध्यक्षका उम्मेदवार मैनालीले रुपान्तरणका लागि स्वतन्त्र व्यवसायीक प्यानललाई मत दिन आव्हान गरेका छन् ।
उम्मेदवार घोषणा कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवम् अग्रज व्यक्तित्व राजकुमार पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, माओवादीका नेता भानु दंगाल, वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया, नेकपा एमालेका केन्द्रीय सदस्य दिपक कार्की, निर्वाचन परिचालन समिति संयोजक एकराज कार्की, रास्वपाका अर्जुन उप्रेती लगायतले मन्तव्य राखेका थिए ।
राप्रपा बिर्तामोड अध्यक्ष रञ्जु प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here