जनप्रतिनिधिलाई क्षमता अभिबृद्धि तालिम शुरु

0
14

विमल दहाल, इलाम।

स्थानिय तहका जनप्रतिनिधिहरुको लागि क्षमता अभिबृद्धि सम्बन्धी ३ दिवशिय तालिम शनिबारबाट माई नगरपालिकामा शुरु भएको माई नगरपालिका उजुरी प्रशासक हिमाल मिश्रले बताउनुभयो ।

सहयात्रा नेपाल ईलामको आयोजना, टेवा काठमाण्डौको आर्थिक सहयोग र माई नगरपालिकाको समन्वयमा तालिम शुरु भएको हो।

तालिम उद्घाटन सत्रमा प्रमुख अतिथि माई उपमेयर हिमा भण्डारीले तालिम उपलब्धिमुलक रहने विश्वास गर्नु भएको छ। उपमेयर भण्डारीले स्थानीय तहमा न्याय निरूपणमा समेत तालिमले सहयोग गर्ने जानकारी दिनुभयो ।

जनप्रतिनिधिहरुको कार्य दक्षता थप सहयोग पुर्‍याउने, स्थानीय योजना प्रकृयामा समावेशीता बढाउने, न्यायिक समितिको अबधारणा प्रष्ट पार्ने, कानुनी प्रक्रिया र कार्यान्वयनमा देखिएको समस्या र समाधानको उपाय बारेमा छलफल गर्ने, मेलमिलाप के किन र कसरी भन्ने जानकारी दिने लिने लगायतका उदेश्य तालिमको रहेको छ।

न्यायिक समितिका पदाधिकारी, वडा अध्यक्ष, वडा सदस्य, सुचिकृत मेलमिलापकर्ता लगायत ६० जनाको सहभागिता रहेको तालिमलाई सहजकर्ता राम रिमाल, अधिबक्ता बिद्या सापकोटा, मिलन गुरुङ लगायतले सहजीकरण गर्दै रहनु भएको आयोजक संस्थाका अध्यक्ष गंगा शिवाले जानकारी दिनुभयो।

तालिम आगामी फागुन-७ गते सोमवार सम्म सन्चालन रहने सहयात्रा नेपालका सचिव सविना ढुङ्गेलले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here