माईखोलामा एक युवक मृत भेटिए

0
16

विमल दहाल, महमाई ।

माईखोलामा एक युवक मृत अबस्थामा भेटिएका छन्।

शुक्रबार घरबाट बाँस काट्न गएका माई नगरपालिका वडा नम्बर-८ दुङदुगेका ३९ बर्षिय श्याम राई घर नजिकै माईखोलामा मृत भेटिएका हुन्।

मृतकका श्रीमती सुनिताले खाजा लिएर जाँदा श्याम खोलामा घोप्टो परेर मृत अवस्थामा फेला परेकी थिइन्। श्याम छारे रोगका विरामी भएको परिवारिक श्रोतले बताएको छ।

बाँस काटेर खोलाको किनारमा राखि उनले लगाएको सर्ट धुदै गरेको र घोप्टो परेर पानिमा लडेको अबस्थामा मृतकलाई भेटिएको प्रहरीले जनाएको छ।

उनका श्रीमती र एक ४ बर्षकी छोरी रहेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here