थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित

0
13

झापा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक एसपी मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापालाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्दै पुरस्कृत गरेको थियो ।एसपी थापाले विगत ५ महिनादेखि कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । उनले कार्यभार सम्हालेदेखि कास्कीको शान्ति सुरक्षाथ मजबुत भएको र अपराध अनुसन्धानमा पनि धेरै सफलता प्राप्त गरेको भन्दै प्रदेश सरकारले एसपी थापालाई उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

एसपी थापाले सहकारी ठगीको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण तथा कास्की हुने अन्य अपराधका घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल शान्ति सुरक्षा कायम राखेको भन्दै पुरस्कृत गरिएको हो ।

त्यसैगरी शान्ति सुरक्षा कायम राख्न अन्य प्रहरीले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको छ । अपराध अनुसन्धानमा अब्बल मानिने थापाले झापामा रहंदा पनि उत्कृष्ट कार्य सम्पादन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here