पथरीमा झापा र मोरङका विभिन्न ८ शाखाका जेसीजको सेमिनार

0
8

पथरीशनिश्चरे ।

मोरङको पथरीमा एक दिवसीय मल्टि च्याप्टर प्रि–ईनडक्सन एण्ड लुम अफिसर सेमिनार सम्पन्न भएको छ।

नेपाल जेसीजको सहयोग तथा पथरी जेसीजको आयोजनामा झापा र मोरङका विभिन्न जेसिज शाखाका पदाधिकारीहरुको लागि ‘लोकल अफिसर ट्रेनिङ सेमिनार’ सम्पन्न भएको हो।

सेमिनारमा झापाका दमक, कमलनगर, गौरादह शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने मोरङको पथरी, लेटाङ्ग, रमाईलो, उर्लावारी, रतुवामाई शाखाका पदाधिकारीहरुले सहभागिता जनाउनु भएको थियो।

आरती सहकारी संस्थाको सभाहलमा आयोजित सो सेमिनारमा नेपाल जेसीजका प्रमुख ट्रेनर जेसी सेवक बजगाईंले प्रशिक्षण दिनुभएको थियो।

प्रमुख प्रशिक्षक सेवक बजगाईं तथा पथरी जेसीजका अध्यक्ष जेसीआई सिनेटर राजकुमार विश्वकर्मा सहितले विभिन्न शाखाहरूबाट सहभागिता जनाउने जेसिज पदाधिकारीहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गर्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here