नेपाल र भारतबीच सीमापार भुक्तानीका लागि ‘टर्म्स अफ रेफरन्स’ हस्ताक्षर

0
6

पर्दाफास,

नेपाल र भारतबीच सीमापार रेमिट्यान्सका लागि ‘टर्म्स अफ रेफरन्स’मा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच सीमापार रेमिट्यान्सका लागि नेपालको राष्ट्रिय भुक्तानी इन्टरफेस (एनपीआई) सँग भारतको एकीकृत भुक्तानी इन्टरफेस (युपीआई) को एकीकरण सम्बन्धी ‘टर्म्स अफ रेफरन्स’ मा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत जुन, २०२३ मा भएको सहमति अनुसार यो प्रक्रियाले सार्थकता पाएको हो ।

नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले बिहीवार क्रमशः भारत र नेपालको द्रुत भुक्तानी प्रणाली (युपीआई) र नेपालको राष्ट्रिय भुक्तानी इन्टरफेस (एनपीआई) को एकीकरणका लागि ‘टर्म्स अफ रेफरन्स’हरू आदान प्रदान गरेका छन् । एकीकरणको उद्देश्य दुई प्रणालीका प्रयोगकर्ताहरूलाई तत्काल, कम लागतमा रकम स्थानान्तरण गर्न सक्षम पारेर भारत र नेपालबीचको सीमापार रेमिटेन्सलाई सहज बनाउनु रहेको रिजर्भ बैंक अफ इन्डियाका प्रमुख महाप्रबन्धक योगेश दयालले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

युपीआई र एनपीआई लिंकेज मार्फत आफ्नो द्रुत भुक्तानी प्रणालीलाई जोड्न भारत र नेपालबीचको सहकार्यले वित्तीय सम्पर्कलाई अझ गहिरो बनाउने र दुई देशबीचको स्थायी ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई सुदृढ बनाउने प्रमुख महाप्रबन्धक दयालले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

आरबीआई र एनआरबी बीच आदानप्रदान गरिएका ‘टर्म्स अफ रेफरन्स’हरूको आधारमा, यूपीआई र एनपीआईलाई आपसमा जोड्नका लागि आवश्यक प्रणालीहरू राखिने जनाइएको छ। लिंकेजको औपचारिक शुभारम्भ अर्थात् सञ्चालनको प्रारम्भ पछिको मितिमा गरिने समेत बिज्ञप्तीमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here