कनकााई पुलमा बस र ट्रक ठोक्दिा…

0
10

झापा ।

 

तस्वीर– समीर आलम

पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई पुलमा यात्रुवाहक बस र मालवाहक ट्रक आज दिउँसो एकआपसमा ठोक्किएको छ ।

दुर्घटनामा परी बसमा सवार पाँच जना यात्रु सामान्य घाइतेको जिल्ला ट्राफिक प्रहरी कार्याालय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिए । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ५८५६ नम्बर बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ ख ३७२१ नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा हुँदा दुवै सवारीसाधनको अगाडिको भाग क्षतिग्रस्त बनेको छ । दुर्घटना कारण कनकाई पुलमा केही समय ट्राफिक जाम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here