‘एअनेशिसं’ कोशी प्रदेश समितिको बैठक तथा प्रशिक्षण सम्पन्न

0
8

अर्जुनधारा ।

नेकपा माओवादी केन्द्र पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन कोशी प्रदेश समितिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरीको इटहरीमा समितिका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष अधिकारी र नेकपा माओवादी केन्द्र प्रदेशका उपाध्यक्ष शिव डाँगीले संगठन र निर्माणाधीन शिक्षा विधेयकको विषयमा प्रशिक्षण दिएको समितिका महासचिव कपिलदेव तिम्सिनाले जानकारी दिए । दुई दिनसम्म सञ्चालन भएको बैठकले चार वटा प्रस्ताव पारित गरेको बताइएको छ ।

समितिका उपाध्यक्ष राजेश यादवले स्वागत गरेको कार्यक्रमम प्रदेश उद्योग, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती, सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, संगठनका केन्द्रीय सचिव कुवेरप्रसाद भेटवाललगातयले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन महासचिव तिम्सिनाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here