एभरेष्ट अंग्रेजी आवासीय माविको ३८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव

0
9

छविराज ढकाल/ पथरी शनिश्चरे,

मोरङको पथरीशनिश्चरे ०१ मा रहेको एभरेष्ट अंग्रेजी आवासीय माध्यामिक बिद्यालयले अभिभावक दिवस तथा वार्षिकोत्सव २०८० सम्पन्न गरेको छ। सोमबार विद्यालयको प्राङ्गणमा एक भव्य समारोहका बीच आफ्नो ३८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको हो।

पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा २८ वर्षसम्म सोहि विद्यालयको प्रधानाध्यापकको कार्यभार सम्हालेका पूर्व प्रधानाध्यापक शान्तिराम तिम्सिना र १५ वर्षसम्म शिक्षक अभिभावक संघको अध्यक्ष पदमा रही कार्यभार सम्हाल्नु हुने पूर्व अध्यक्ष पर्शुराम मिश्रलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो। नर्सरीदेखि एलकेजी सम्मका नानीबाबुहरूले ‘रायम्स’ प्रस्तुत गरेका थिए भने कक्षा २३ र ४ छात्र छात्राहरुले कराँते प्रदर्शन गरेका थिए।

कक्षा -५ का विद्याथीहरूले राष्ट्रिय गीत गाएका सो समारोहमा प्रमुख अतिथि नगरप्रमुख तुम्वापोले नेपालको माउण्ट एभरेष्टलाई जसरी संसारले चिन्छन्; त्यसैगरी पथरीशनिश्चरे नगर क्षेत्रमा पनि यो एभरेष्ट स्कूलले शैक्षिक गतिविधिमा विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप र सर्वांगीण विकासमा त्यत्तिकै उच्च छवि कायम राख्न सफल भएको बताउनु भयो। उहाँले हालै सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलकुद विधातर्फ एभरेष्ट माविले अब्बल क्षमता प्रस्तुत गरेको भन्दै ” यो विद्यालयले प्याब्सन नगर, जिल्ला र प्रदेशस्तरमै उत्कृष्ट नतिजा हासिल गरेर पथरीशनिश्चरे नगरपालिकाको शिर उच्चो राखेको भन्दै प्रशंसा सहित आभार प्रकट गर्नु भयो।

सोहि अवसरमा विद्यालयका निर्देशक रवीन कन्दङ्वाले ‘यो विद्यालयले भलिबल महिला तथा पुरुष प्रतियोगितामा प्याब्सन नगरस्तरमा प्रथम, जिल्लामा दोस्रो र प्रदेशस्तरमा तेस्रो स्थान हासिल गरेको सुनाउँदै शिक्षक – शिक्षिका, विद्याथी, अभिभावक तथा कर्मचारी सम्पुर्णमा सहयोगले यो सफलता हासिल गर्न सहज भएको बताउनुभयो।

उहाँले आफ्ना दिवङ्गत स्वर्गीय पिता चन्द्रमान र माता सुशिला कन्दङ्वाले २०४३ सालमा स्थापना गरिदिएको सो विद्यालयले पछिल्लो समयमा निरन्तर प्रगति गरिरहेकोमा खुशी प्रकट गर्दै स्वर्गीय मातापिताको आशिर्वादले पनि यस्ता शैक्षिक सफलताहरू हात पार्न सकिएको स्मरण गर्नुभयो।

शिक्षक अभिभावक संघका अध्यक्ष रूपनारायण भट्टराईको सभापतित्वमा तथा शिक्षक वेदनिधि खनालको संचालनमा सम्पन्न भएको समारोहमा शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले शुभ कामना मन्तव्य राख्नु भएको थियो भने र शिक्षा अधिकृत नवीन खुलाल बुढाथोकी , वडा नं १ का वडाध्यक्ष भीम कुमार राई, साहित्यकार शंकर चापागाईं ( धनकुटे कान्छा) लगायतको उपस्थिति थियो।

सो समारोहको दोश्रो चरणमा कविता, गीत, नाटक जस्ता विभिन्न विधाहरूमा तहगत सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here