कमलनगर जेसीजद्वारा हाजिरी जवाफ कार्यक्रम

0
6

कमल ।

कमलनगर जेसीजको आयोजना तथा अग्निप्रसाद तथा मनमाया खरेल स्मृति प्रतिष्ठानको प्रयोजनमा कमल गाउँपालिकामा रहेका आधारभुत तहका विद्यार्थी हरु बिच हाजिरी जवाफ र स्मरणशक्ति (मेमोरी टेस्ट) परिक्षण सम्बन्धी प्रतियोगिता सम्पन्न भएको छ ।

कमल गाउँपालिका २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा कमल गाउँपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत निम्नमाध्यमिक तहका विद्यार्थी हरू बिच प्रतियोगिता सम्पन्न भएको कार्यक्रम संयोजक जेसी मनिषा कठायतले बताउनुभयो ।

स्मरणशक्ति तर्फ कक्षा ५ सम्मका विद्यार्थी सहभागी रहेका थिए भने हाजिरी जवाफ तर्फ कक्षा ८ सम्मका विद्यार्थी सहभागी रहेको जैसीले जनाएको छ ।

स्मरणशक्ति तर्फ प्रथम मङ्गलमय माध्यमिक विद्यालय कमल ५ का युसन शमशेर कार्की द्वितीय सरस्वती माध्यमिक विद्यालय कमल ७ का हरि ताजपुरिया र तृतीय कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका कमल २ का दोर्जे बम्जन भएका थिए ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई क्रमश १ हजार ५००, १ हजार र ५०० नगद सहित मेडल, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै हाजिरी जवाफ प्रतियोगितामा तर्फ प्रथम कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय कमल २, द्वितीय निहारीका माध्यमिक विद्यालयका कमल २ र तृतीय मङ्गलमय माध्यमिक विद्यालय कमल ५ भएको कार्यक्रम मा उत्कृष्ट विद्यालयलाई क्रमश नगद ४ हजार ५००, ३ हजार र १ हजार ५०० रुपैयाँका साथै ट्रफी मेडल र प्रमाणपत्र कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले प्रदान गर्नु भएको थियो ।

विभिन्न कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरू मात्र सहभागी गराइन्छ तर निम्नमाध्यमिक तहमा अध्ययनरत विद्यार्थीमाझ पनि विभिन्न प्रतिमाहरु हुने भएकोले त्यस्ता विद्यार्थी बीच प्रतियोगिताको आयोजना गरी विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउनका लागी यस्तो कार्यक्रमको आयोजना गरिएको कमल नगर जेसिज वर्ष २४ का अध्यक्ष देवीप्रसाद दाहाल (देबे)ले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here