समाज रुपान्तरणमा पालिका

८ फाल्गुन २०८०, मंगलवार मा प्रकाशित

संसार परिवर्तनशील छ । विगतलाई उदाहरण बनाएर वर्तमान समाल्दै भविष्य निर्माण गरेकै कारण आज विश्व एक समाज बन्न सकेको छ । जन्मदै परिपक्व कोही हुँदैन । अथक प्रयास र बुद्धि–विवेक प्रयोग गरेरै सभ्यता मौलाएको प्रमाण इतिहास साक्षी छ । सिन्धुघाँटी, मोहेंजोदडो, हरप्या आदिका सभ्यताका प्रतिक मार्गदर्शन बनेका छन् । हिजो जे थियो, जे ग¥यांै, जे भन्यौ त्यही है ठीक भन्दै गयांै भने हाम्रो सामाजिक, भौतिक, आर्थिक, शैक्षिक, आध्यात्मिक, मानवीय व्यवहार जहाँको ताहीँ रहन्छ । त्यसैले समयसापेक्ष नयाँ सोच, विचार, विवेक शक्तिको प्रयोग गरेर सभ्यताको शिखर चुम्नु आजको नितान्त आवश्यकता हो । यसै सन्दर्भमा हामी नेपाली र नेपाल देशको उन्नति, प्रगति र सफलताका आधारभूत तह पालिकाको भूमिका कोट्याउने प्रयास गर्नु सान्र्दभिक होला ।

भू–परिवेष्ठित सानो, सुन्दर, शान्त नेपालमा रहन पाउनु भाग्य ठान्दछौं । यस देशमा भएका सानातिना घटनाक्रम, विद्रोह, शान्ति प्रयास आदिको इतिहास थोर–बहुत सबै जनमानसमा प्रष्ट नै छ । १४ अञ्चल ७५ जिल्ला र पाँच विकास क्षेत्र नै सुहाउँदो थियो । कारण देश निकै सानो र तल–माथि ठूला शक्तिशाली राष्ट्रको बीचमा एक ‘दुई ढुंगाबीचको तरुल’ पक्का हो । पुराना संरचना बेठिक ठानी गाउँहरुलाई क्षेत्र फरक पारी पालिका निर्धारण गर्नु, प्रदेशका नाममा सात वटा टुक्रा बनाउँदा विकासेभन्दा पनि राजनीतिक पदभार बढाउने जस्तो देखियो । प्रयास ठिक थियो होला, तर विकासको मुल पाटो पत्ता लगाउनै गाँठो प¥यो ।

प्रदेशको नामकरण र प्रदेश सरकार बनाउनै दशक खर्च गर्नुपर्छ भने विकास कहिले ? अति सामान्य काम कुरामा अलमलिनु, मेरो गोरुको बाह्रै टक्का भनिरहनुले हामीलाई अग्रगमनमा तगारो भयो । विश्वका राष्ट्र राज्य कहाँ पुगिसके ? हामीलाई लाज लाग्ने बेला भयो । त्यसैले खुट्टा तान्ने र पद बाँड्ने काम पन्छाएर विकास निर्माणतिर ध्यान पुगोस् हार्दिक कामना ।
पृथ्वीमाता महान छिन् । जति पीडा भए पनि बोझ थामेर जनजिविका चलाउने यस नेपालको भू–भागमा हाल सात सय ५३ वटा स्थानीय तह रहेका छन् । गाउँ या नगर आखिर पालिका हुन र यी पालिका सर्वसाधारणले प्रत्यक्ष अनुभव गर्ने अत्यावश्यक पहिलो खुट्किला हो । केही फरक भएता पनि वडा पालिकाले घरमा सिंहदरवार भन्ने सस्तो नारालाई केही हदसम्म समेटेकै छन् । सर्वसाधारणको आधार केन्द्र वार्ड, पालिका र गाउँ या नगरपालिका विकास निमार्ण र सु–शासनका धरोहर भएकाले जनप्रतिनिधि अग्रज अभिभावकहरुले निम्न कुरामा ध्यान दिए अझ हाम्रो जीवनस्तर उक्सने आशा र भरोसा लिन सकिन्छ ।

आफ्नो क्षेत्रभित्रको शान्ति सुरक्षा, अमनचयनसँगै विकास निमार्ण गर्ने एउटै उद्देश्यका साथ हामीबीचबाट छनौट हुनुभएका अग्रज प्रतिनिधिसँग हामी के अपेक्षा राख्दछौ भने तपाईको जनसम्पर्क, बोलीचाली, व्यवहार उद्देश्यमा पुग्ने शत्प्रतिशत लक्ष्यमा २५ प्रतिशत हुन सक्छ । दोस्रो शर्तमा आफ्नोे क्षेत्रमा बाटो, पैनी, बत्ती पुल–पुलेसा, मन्दिर, विद्यालय लगायतका भौतिक निर्माणको २५ प्रतिशत ठाउँ लिन्छ भने बाँकी ५० प्रतिशत चाहीँ क्षेत्रभित्रका संघ–संस्थालाई संक्षम, सबल बनाई आ–आफ्ना सेवा क्षेत्रभित्रका सबल र दुर्बल पक्ष पत्ता लगाई संघ–संस्था परिचालन गर्न पाए तपाई हामी उद्देश्यमा पुग्ने बाटो खुल्ने थियो ।

उदाहरणका लागि हाम्रा क्षेत्रका विद्यालयहरुमा वार्षिक उत्सव, अभिभावक भेला गराउँदा अभिभावकको उपस्थिति न्यून देखिन्छ । सबै उपस्थित हुन भन्ने चाहना राखेर हामी आह्वान गर्दछांै । तर, तपाई हामी त्यो निरीह अभिभावक भएर सोच्न त भ्याएका छौं ? कठै ! बाक्ला छोराछोरी, आयस्रोत कम, राजा–देउता सबैलाई भाग पु¥याउँदै छोराछोरीको व्यवहारदेखि खिन्न हुँदै उपस्थित हुँदा समेत हामी टाठा–बाठा भनाउँदा चाहीँ स्टेजमा अतिथि भएर बस्ने र थप हाम्रा गुनासा सुन्दा दिग्दार त लाग्दैन ? उहाँहरुका गुनासा कसले सुन्ने ? कलमको विचारमा तपाईको आसन र भाषणभन्दा पनि आफ्ना बालबालिकाको नाँचगान हेर्न मात्र आएको ठान्दछौं । विद्यार्थी नानीहरु नाच्नका लागि मेकअप भएर आतुर छन् । तर, हामी आसन र भाषणमा व्यस्त छौं । सबै हिँड्न थालेपछिकोे नाचले के देला ? कुरामा भन्दा काममा जोड दिँदा कसो होला ?

मठ–मन्दिरतर्फ हेर्दा बोलाएको समयभन्दा निकै ढिलो आउने र सभा गर्ने । आसन र भाषणमा बढि समय खर्चेर अन्त्यमा पुराण लगाउने र भौतिक संरचना चुस्त–दुरुस्त राख्नेतिर आकर्षण बढाउँछांै । त्यसको बदला समयको सदुपयोग गर्दै सेवा क्षेत्र ९ऋबतअजmभलत० भित्रका सबल पक्षलाई प्रोत्साहित गर्ने र दुर्बल पक्षलाई निरुत्साहित पारेर ‘मलम लगाऊ आर्तहरुको चहराइ रहेको घाउ’ भन्ने वाणी सार्थक पर्दा राम्रो होला । सत्सङ्गमा जोड दिने, परिवारमा मेलमिलाप र माता पिताको राम्रो सेवा पु¥याउने लाइ प्रोत्साहन दिने र त्यसको विपरीतलाई समितिले सकारात्मक उपचार गर्ने गर्दा उत्तम हुन्छ । मन्दिरमा स्थापित भगवानको विग्रहलाई प्राथमिकतामा राखेर आसन र भाषणलाई छोट्याएर सेवा क्षेत्रको सेवा र सहयोगमा जुट्यौँ भने मात्र लक्ष्य हासिल होला ।

वर्तमान अवस्थामा एमाजमा बाक्लै सहकारी संस्थाहरु छन् । नभन्दै समाज रुपान्तरणमा आर्थिक पक्षमा निकै टेवा पु¥याएकै छन् । तर, सहकारीका सात सिद्धान्तहरु क्रमशः खुल्ला तथा ऐच्छिक सदस्यता, प्रजातान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता, स्वायतत्ता र स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारीबीच पारस्परिक सहयोग, समुदायप्रति चासो आदिमा जोड दिँदा समाजका सबै पक्ष सक्षम हुन्छन् ।

यी बाहेक समाजमा दर्ता भएका र नभएका पनि धेरै–धेरै संस्थाहरु स्थापना भएको देखिन्छ । संस्था खडा गर्नु राम्रो पक्ष हो । सबैको उद्देश्य उन्नत, सहज, सफल जीवनयापन गर्ने गराउने नै हो । यी सबैको सूचीकरण गरी वार्ड वा पालिकामा फाँट खडा गर्ने र संघ–संस्थालाई अध्ययन गरी–गराई ‘समाज रुपान्तरणमा संघ–संस्थाको भूमिका’ विषयको अन्तरक्रिया गरी–गराई छलफलबाट निस्केको निचोडलाई कार्यरुपमा उत्तार्ने व्यवस्था गर्न पाए सहजताका साथ उद्देश्यमा पुगिने थियो । कुरामा भन्दा सिर्जनात्मक कार्यमा सबै संघ–संस्थाको सक्रिय सहभागिता हुँदा समाजमा सकारात्मक रुपान्तरण कुर्नुका साथै तपार्इं जनप्रतिनिधी भोलिका लागि आँखाको नानी हुनु हुने थियो भन्ने आशा र विश्वास राख्दै प्रगति र उन्नतिले आकाश चुमोस् । हार्दिक कामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here