भगवतीमा माबिमा मन्दिर शिलन्यास

0
8

सुनिल भट्टराई, महमाई ।

माई नगरपालिका -६ स्थित भगवती माबि गोतामेटारमा सरस्वती मन्दिर निर्माणका लागी शिलन्यास गरिएको छ।

गत फागुन-२ गते सरस्वती पुजाको दिन निर्माण संकल्प गरे बमोजिम निर्माण शिलन्यास गरिएको निर्माण तथा आर्थिक संकलन समतिका सचिब समिर योङहाङ लिम्बूले जानकारी दिनुभयो। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर कटुवालले एक कार्यक्रमका विच मन्दिरको शिलन्यास गर्नु भएको छ। मन्दिर निर्माण सम्पन्न गर्न करिव ५ लाख लागत लाग्ने अनुमान गरिएको छ।

यसै विच गजेन्द्र योङहाङ लिम्बू अध्यक्ष रहने गरी ६ सदस्यीय मन्दिर निर्माण तथा आर्थिक संकलन समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा टेक बहादुर कार्की, सचिवमा समिर योङहाङ लिम्बू (भगवती मावि भूपु विद्यार्थी मञ्च अध्यक्ष) कोषाध्यक्ष हर्क बहादुर योङहाङ (भगवती मावि भूपु विद्यार्थी मञ्च सदस्य) रहनु भएको छ। त्यस्तै सदस्यहरुमा पुर्ण कुमार तुम्बाहाम्फे र विकास राई (माई नगरपालिका असिस्टेण्ड सव-इन्जिनियर) रहनु बताईएको छ।

मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटाउन देश विदेशमा रहनुहुने सहयोगी दाताहरुमा अपिल गरिएको छ। चार हजार नौ सय ९९ सम्म सहयोग गर्नुहुने दाताको नामावली भित्ता लेखनमा समावेश गरिने र ५ हजार देखि माथि सहयोग गर्नुहुने महानुभावहरुको नाम शिलालेखमा समावेश गरिने जनाईएको छ । मन्दिर निर्माण कार्य विहिबारवाट शुरु गरिने निर्माण समितिले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here