तेह्रथुमको आठराईमा दोस्रो अध्यक्ष रनिङ कप तथा बृहत साँस्कृतिक कार्यक्रम संचालन हुने

0
10

तेह्रथुम ।

तेह्रथुमको आठराई गाउँपालिकाको पर्यटकीय स्थल झाँक्रीगुफामा दोस्रो अध्यक्ष रनिङ कप तथा बृहत साँस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । यहि फागुन १८ गतेदेखि फागुन २५ गतेसम्म आठराई गाउँपालिका-२ खाम्लालुङ स्थित पर्यटकीय स्थल झाँक्री गुफामा अध्यक्ष कप हुने भएकाे हाे ।

साँस्कृतिक कार्यक्रम साथमा विभिन्न प्रतियोगिता सञ्चालन हुने भएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो । प्रतियोगितमा पुरुष तथा महिला फुटबल, खुला पालिका स्तरीय पुरुष भलिबल, साँस्कृतिक कार्यक्रम अन्तर्त नृत्य, धान नाच प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने विजेताले नगद १ लाख ५० हजार ट्रफीमेडल र प्रमाणपत्र सहित ३ वर्षे रनिङ कप प्राप्त गर्नेछन् । दोश्रो उपविजेताले १ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, महिलातर्फ फुटबलमा विजेताले ६० हजार ट्रफी मेडल र प्रमाणपत्रसहित ३ वर्षे रनिङ कप प्राप्त गर्नेछन् । उपविजेताले ४० हजार नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, खुल्ला पालिका पुरुष भलिबल प्रतियोगितामा विजेताले नगद ८० हजार ट्रफी मेडल प्रमाणपत्रसहित ३ वर्षे रनिङ कप प्राप्त गर्नेछ । उपविजेताले नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएकाे छ । साँस्कृतिक कार्यक्रममा प्रथम हुनेले नगद १५ हजार प्रमाणपत्र र दोश्रो हुनेले नगद १० हजार प्रमाणपत्र र तेश्रो हुनेले नगद ५ हजार प्राप्त गर्ने भएका छन् ।

त्यस्तै, धान नाच प्रतियोगितमा प्रथमले १५ हजार नगदसहित प्रमाणपत्र र दोश्रो हुनेले नगद १० हजार र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । अध्यक्ष कप तथा साँस्कृतिक कार्यक्रमले खेलकुद क्षेत्रको विकास सगै स्थानीय पर्यटकीय स्थलहरूको प्रवर्द्धन हुने अध्यक्ष पाहिमले बताउनुभयो । आठराई गाउँपालिकामा गत वर्षदेखि अध्यक्ष रनिङ कप तथा साँस्कृतिक कार्यक्रम सुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here