व्यवसायीको हितमा काम गर्ने न्यौपानेको प्रतिवद्धता

0
17

झापा । बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेले व्यवसायीको हितका लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । ब्यवसायी माथि अनेक प्रकारका कर राज्यले लिँदै आएको र व्यवसायीको हितमा राज्य गम्भीर नभएकाले ब्यवसायीका समस्या हल गर्न आफू लागि पर्ने उनको भनाई छ ।
बिर्तामोड नगरपालिकाले समेत ब्यवसायीको ढाड सेक्ने गरी कर लिँदै आएको र कर वृद्धिका विषयमा चर्काे आवाज उठाउँदा समेत सुनुवाई नभएकाले आम व्यवसायीको प्रतिनिधित्व गर्दै त्यस विरुद्ध चरणवद्ध रुपमा अघि बढिने उनको भनाई छ । हाल बिर्तामोड नगरपालिकलो गत वर्षको तुलनामा दुई गुणा बढी कर असुल्दै आएको र व्यस्तो कार्यको खुलेर विरोध गरिने उनको भनाई छ ।
अध्यक्ष पदका उम्मेद्वार को हुन् न्यौपाने
बिर्तामोड उद्योग वाणिज्य संघको हाल बरिष्ठ उपाध्यक्ष समेत रहेका न्यौपाने बिर्तामोडका व्यवसायीहरुका लागि लोकप्रिय प्रात्र हुन् । उनी आम व्यवसायीका साझा उम्मेद्वार हुन् ।
लामो समयदेखि बिर्तामोडको भूगोलमा व्यवसाय गर्दै आएका न्यौपाने आम व्यवसायीको हितमा काम गर्छन् । स्वभाव सरल तर ब्यवसायीलाई परेका समस्या समाधानका लागि जस्तो सुकै मूल्य चुकाउन समेत उनी पछि पर्दैनन् । व्यवसायी माथि परेका समस्या हल गर्न अहोरात्र खटिने न्यौपाने फागुन १४ गते हुने वाणिज्य संघको निर्बाचनमा नेकपा एमाले समर्थित व्यवसायीको पाँच दलीय गठबन्धनबाट बनेको स्वतन्त्र व्यवसायीक प्यानलका उम्मेद्वार अर्जुनकुमार मैनाली संग प्रतिष्पर्धा गर्दैछन् ।
साना र मध्यम व्यवसायी तथा उद्योगीलाई राज्यले हेर्ने दृष्टिकोष नै फरक रहेको र सबैलाई राज्यले समान दृष्टिकोणले हेर्नु पर्ने आबाज बुलन्द बनाउँदै आएका न्योपानेले यो निर्वाचनमा पनि त्यही मुद्दालाई प्राथमिकतामा राखेका छन् । राज्यलाई राजश्व तिर्दा समेत व्यवसायीलाई राज्यले विभोद गरेको बताउँदै आएका न्यौपानेले स्थानीय तहले समेत व्यवसायी माथि विभिन्न वहानामा कर असुलेको र व्यवसायी करको दोहोरो मारमा परेको आवज बुलन्द बनाएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना पछि सिथिल बनेको व्यवसाय अझैं पनि पूर्ण रुपमा पुरानै लयमा फर्किनसकेको अवस्थामा व्यवसायीलाई आजित बनाउने काम राज्यले गरिरहेको र हालको अवस्थामा व्यवसायीले घर भाडा समेत तिर्न नसकिरहेको अवस्थामा स्थानीय सरकराले व्यवसायीमाथि अनेक वहानामा कर असुली रहेको र त्यस्तो अनाबश्यक कर खारेज गरिनु पर्ने उनको माग छ ।
बिर्तामोड नगरपालिकाले हाल लगानीको आधारमा कर लिइरहेको र त्यस्तो कर लिँदा व्यवसायी मारमा परेको बताउँदै आएका न्यौपानेले मुनाफाको आधारमा मात्र कर लिन आग्रह गरेका छन् ।
बिर्तामोडले लगानीको आधारमा कर, फोहोरमैला व्यवस्थापनमा कर, पसलमा राखिएको होडिङ बोर्डको समेत कर लिएको र त्यसको विरुद्धमा आफ्नो उम्मेद्वारी रहेको बताए । स्थानीय तहले व्यवसायीबाट लिने मात्रै काम गरेको तर, व्यवसायी हितका लागि कुनै पनि काम नगरेको हुँदा व्यवायीको हितमा लडेर अधिकार स्थापित गर्न आफू नेतृत्वको टिम लागि पर्ने न्यौपानेको भनाई छ ।
सबै व्यवसायीको जित हुने गरी आफ्नो उम्मेद्वारी रहेको यस पटकको निर्वाचनमा राजु न्यौपाने नेतृत्वको सिङ्गो लोकतान्त्रिक व्यवसायी प्यानलका १९ जना नै उम्मेद्वारको जीत सुनिश्चित रहेको उनको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here