वर्ल्डलिंकले ल्यायो ‘स्मार्ट कम्बो डिल’

0
12

बिर्तामोड । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ । यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्ड को अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

चार हजार ४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल दुई हजार २४९ रुपैयाँमा र तीन हजार २९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल एक हजार ६९९ रुपैयाँमै यस अफर अन्तर्गत पाउन सकिनेछ ।

यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ । साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १/१ राउटर समेत निःशुल्क पाउनेछन ।

यो अफर पाउनकालागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालय जान र थप जानकारीका लागि ९८०१५२३०५२ मा कल गर्न वा अनलाइन सपोर्टमार्फत बुझ्न सकिने कम्पनीले जनाएको छ । यो अफर सिमित अबधिको लागि लागु हुने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here