वीरता जेसीज २०२४ को अध्यक्षमा बस्नेत निर्वाचित

0
11

झापा । वीरता जेसीज २०२४ को अध्यक्षमा विकास बस्नेत निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी उम्मेदवार टिकाराम खतिवडाले ४ मत प्राप्त गर्दा वस्नेतले ८४ मत ल्याउँदै अध्यक्षमा निर्बाचित बनेका हुन् । विहीवार राति सम्पन्न् निर्बाचनबाट बस्नेत भारी मतका साथ निर्वाचित बनेका हुन् ।

यस्तै, कार्यकारी उपाध्यक्षमा एलसी श्रेष्ठ ७२ र अमरजित शाह ५२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । प्रभात मास्के २७ मतका साथ पराजित भएका छन् ।

जनसम्पर्क अधिकारी राज मुखिया, तालिम संयोजक वाप्पा शाह, प्रकरण निर्देशक दिपेन धिमाल, संयुक्त सचिव प्रज्वल विमली , उपाध्यक्षहरु डिकबहादुर गहतराज ‘अभिषेक’, सुशिल थापा, विज्ञानराज पौडेल र सुवास तिखत्री निर्विरोध भएका थिए ।

माघ ९ र १० गते हुने भनिएको ४३ औं साधारणसभा तथा अधिवेशन १९ जना सदस्य विवादका कारण स्थगित भएको थियो । निर्वाचन समितिका अनुसार २ मत बदर भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here