झापाबाट चोरी गरिएका मोटरसाइकल ताप्लेजुङ लगेर बिक्री, एकजना पक्राउ

0
7

झापा ।

मोटरसाइकल चोरीका घटनाले झापा प्रहरीलाई हैरान बनाएको छ। दिनहुँ जसो मोटरसाइकल हराएको वा चोरी भएको जाहेरी पर्न थालेपछि झापा प्रहरी अन्य कामकाज छाडेर चोरी गर्ने गिरोहको खोजीमा लागि परेका छन्। यसै क्रममा झापा प्रहरी फागुन ३ गते चोरी गिरोह आबद्धमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका–६ घर भई हाल झापा बिर्तामोड नगरपालिका–६ बुट्टावारि बस्ने २७ वर्षीय योगेश मगर भन्ने बालकुमार मगरलाई पक्राउ गरेको छ।

बिर्तामोडबाट चोरी भएको प्र–१–०१–०१२ प ३५४७ नम्बर उल्लेख भएको २२० सिसीको कालो रातो पल्सर मोटरसाइकल बिक्री गर्न जाँदै गरेको अवस्थामा मगरलाई पाँचथर हिलिहाङ गाउँपालिका–५ बाट पक्राउ गरी झापा ल्याएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए।

प्रहरीले उनलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। मगर पक्राउ परेसँगै उनले बिक्री गरेको आठ वटा मोटरसाइकल समेत फेला परेको छ। सबै मोटरसाइकल ताप्लेजुङ जिल्लाको विभिन्न स्थानबाट फेला परेको एसपी केसीले बताए। गिरोहमा आबद्ध अझै तीन जना फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको उनले बताए।

झापाबाट चोरी भएका मोटरसाइकल ताप्लेजुङ लगेर ३५ देखि ५० हजार रुपैयाँसम्म बिक्री मगर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता तथा इन्स्पेक्टर ढुण्डिराज गिरीले जानकारी दिए। त्यहाँ मोटरसाइकल बिक्री गरेर मगरले रकम बिर्तामोडको आइएमइमा पठाउने र गिरोहका अन्य व्यक्तिले निकाल्ने अनुसन्धानबाट खुलेको इन्स्पेक्टर गिरीको भनाई छ।

अहिलेसम्म प्रहरीमा एक सय बढी मोटरसाइकल हराएको र चोरी भएको जाहेरी परेको बताउँदै इन्स्पेक्टर गिरीले भने, ‘यी गिरोहले बेचेका अरू पनि मोटरसाइकल फेला पर्न सक्छ, त्यसतर्फ प्रहरी लागि परेको छ।’

चोरी गरिएका मोटरसाइकलको नम्बर प्लेट मेटाएर पहाडी जिल्लामा पुर्याएर बिक्री गर्न गिरोह सक्रिय रहेको उनको भनाई छ। फेला परेको मोटरसाइकलहरू प्र–१–०३–००५प ८०४३ नम्बरको २२० सिसीको कालो पल्सर, प्र–१–०१–०१६ प १२६ नम्बरको २२० सिसीको कालो निलो पल्सर, प्र–१–०२–०४८ प ३२३७ नम्बरको २२० सिसीको रातो सेतो पल्सर, नम्बर प्लेट उल्लेख नभएको २२० सिसीको कालो रातो पल्सर, को ३९ प १८८४ नम्बरको १५० सिसीको कालो निलो पल्सर, ०१४ प ३१ नम्बर उल्लेख भएको एनएस र बा ७२ प १९९१ नम्बर भएको १५० सिसीको रहेको प्रहरीले जनाएको छ।

नम्बर उल्लेख भएको मोटरसाइकलको नम्बर फरक हुन सक्ने भएकाले सम्बन्धी मोटरसाइकल धनीले प्रहरीमा सम्पर्क राख्न अनुरोध पनि गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here