गायक कुवेर राई सम्मानित

0
9

दुहागढी।

आइतमाया थेवे वर्ष उत्कृष्ट प्रतिभा सम्मानबाट बरिष्ट गायक कुवेर राई सम्मानित भएका छन् ।

मेचीनगर–१३ चारआलीका थेवे परिवारबाट आफ्नी दिवंगत माताको स्मृतिमा स्थापित प्रतिष्ठानले माता आइतमायाको ९९औं जन्मजयन्तीको अवसर पारेर गायक राईलाई सम्मान गरेको हो ।

उनलाई नगद २५ हजार एक सय पच्चीस रुपैयाँसहित सम्मान पत्रबाट कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद माननीय सबिना बजगाँई र विशिष्ट अतिथि रेडक्रस झापा शाखाका सभापति लोकराज ढकालले संयुक्तरुपमा सम्मान गरेका थिए ।

प्रतिष्ठानले विगत १२ वर्षदेखि हरेक वर्ष आइतमाया थेवेको जन्मजयन्तीको अवसर पारेर स्थानीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट प्रतिभालाई सम्मान गर्दै आएको छ । प्रतिष्ठानका उपाध्यक्ष विश्व थापाले स्वागत गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लालबहादुर थेवेले प्रतिष्ठानको चिनारी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा तेराख प्रतिष्ठान मेचीनगरका अध्यक्ष शिवकुमार पौडेल, संगीतकार शिवशंकर थापा, विशिष्ट अतिथि ढकाल, सम्मानित व्यक्तित्व राई र प्रमुख अतिथि बजगाँईले मन्तव्य राखेका थिए ।

प्रतिष्ठानका अध्यक्ष लालबहादुर थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मोहन अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here