प्रभु चिन्तन

0
6

पूजा र भक्ति हरिको महिमा गरेका
भोका दरिद्र घरका निमुखा परेका
पूजा न पाठ कहिले उनकै छ फुर्ती
सम्पन्न छन् धन र मान समेत कुर्सी ।

हत्या गरेर लुटपाट अमीर बन्ने
तोडेर मूर्ति प्रभुको म त भक्त भन्ने
पाखण्ड धेर अहिले कति छन् बढेका
केले बिमान जहिले तिनले चढेका ?

देखेर यो विषमता प्रभुले गरेको
चित्तै बुझेन र प्रभो उजुरी गरेको
के न्याय हुन्छ भगवान गरेर आश
पर्खेर बस्छु मनमा लिई धेर त्रास ।

मेरा त यो मन भरी प्रभुकै छ राज
आँखा भरी अझ यहाँ झलमल्ल आज
कस्तो प्रसन्न मुहुडा शिर पाउसम्म
आनन्दले बस सधैं मनभित्र टम्म ।

बिर्तामोड, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here