बालसेवा आधारभुत विद्यालयले स्वर्ण उत्सव मनाउँदै संस्थापक र दातालाई सम्मान गरिने

0
7

कमल ।

झापाको शिवसतासी नगरपालिका ७ स्थित बालसेवा आधारभुत विद्यालयले आफ्नो ५० औं स्वर्ण उत्सव तथा अभिभावक दिवस मनाउने भएको छ ।

विद्यालयले पत्रकार सम्मेलन गरी आगामी फागुन २४ गतेका दिन ५० औं स्वर्ण उत्सव तथा अभिभावक दिवस मनाउन बारे जानकारी गराएको हो ।

२०३० सालमा स्थापना भएको विद्यालयको स्थापना कालमा दिपेन्द्रोदय प्राथमिक विद्यालयको .नामबाट स्थापना गरिएको विद्यालयले विभिन्न कार्यक्रम गरी ५० औं स्वर्ण उत्सव मनाउने विद्यालयले जनाएको ।

विद्यालयको विकासमा अभिभावकहरूको साथ र सहयोग कायम राख्ने वातावरण सिर्जना गर्ने , विद्यालयका संस्थापक र अभिभावकहरूको उच्च सम्मान गरी आर्थिक सहयोग जुटाउन अभिप्रेरित गर्ने, . विद्यालयलाई नगरपालिकाको स्मार्ट विद्यालय बनाउने कार्यमा टेवा पुर्याउने ,विद्यालय प्रति सरोकारवाला सकारात्मक चिन्तनको विकाश गर्ने लगायका उद्देश्यीय रहेको प्रधानाध्यापक दिपेन्द्र प्रसाद कार्कीले जानकारी दिए ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार भए सँगै विद्यालयमा विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि भएको छ । विद्यालयले पछिल्लो समय विद्यार्थीको सहजताका लागी स्कुल बस खरिद गर्ने योजना बनाएको र यसमा अभिभावकको समेत साथ र सहयोग रहेको । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द ल्वागुनले बताए ।

विद्यालयले आफ्नो ५० औं स्वर्ण उत्सव तथा अभिभावक दिवसका अवसरमा . अक्षय कोष दाता सम्मान, स्कुल बस (यातायातका साधन खरीद अभियानमा सहयोग गर्ने दाता सम्मान, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्मान तथा मरणोपरान्त सम्मान, पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष तथा अभिभावक सम्मान, पूर्व शिक्षक सम्मान तथा बिदाई, विद्यागम खेलमा उत्कृष्ट बालबालिकाहरूलाई पुरस्कृत, सहयोग दाताहरूलाई सम्मान लगायतका कार्यक्रम रहेको व्यवस्थापन समितिका सदस्य प्रेम रोकाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here