आम ब्यवसायीको दुःख र मर्म बुझ्ने बराल उद्योग सचिबको उम्मेद्वार

0
8

झापा । लोकतान्त्रिक व्यवसायीक समूहका तर्फबाट उद्योग सचिवका उम्मेद्वार बनेका युवा व्यवसायी पुकार बराल बिर्तामोडका एक सफल युवा व्यवसायी हुन् । वीरता जेसीज सहित विभिन्न सामाजिक संघ संस्थामा समेत अब्बल र रचनात्कम कार्य गर्दै युवाको ढुकढुकी बनेका उनी फागुन १४ गते हुने निर्वाचनका लागि हाल आम व्यवसायी मतदाताकाबीच मत मागिरहेका छन् ।
विद्युतीय व्यवसायी संघमा २०७१ सालदेखि आवद्ध उनी बिर्तामोड उद्योग वाणिज्य संघमा समेत एक कार्यकाल कार्यसमिति सदस्य बनेर व्यवसायीका हकहितका लागि अहोरात्र खट्न सफल भए ।
बिर्तामोड उद्योग वाणिज्य संघमा २०७० सालदेखि आवद्ध भएका उनी छोटो समयमा आम व्यवसायी बीच लोकप्रिय बने । उनको लोकप्रियताको श्रेय उनकै लगाव हो । कोरोना कहर चलेर आम व्यवसाय ठप्प रहँदा उनी चुप लागेर बसेनन् । आम व्यवसायीका दुःख र पीडा बुझेका उनले आम सर्बसाधारणलाई समेत सहयोग पु¥याए । हुनेले दिउँ, नहुनेले लिँऊ भन्ने उनको अभियानले कोरोना महामारीमा समेत उनले सामाजिक कामबाट चर्चा बटुले ।
बिर्तामोडस्थित सूर्यदीप इलेक्ट्रोनिकका सञ्चालक रहेका उनी व्यापारसंगै सेवामा समेत सर्मपित छन् । रहेक व्यवसायीहरुलाई परेका समस्या सुल्झाउनु उनको पहिलो दायित्व हुन्छ ।
बिर्तामोड औद्योगित करिडोरको अवधारणालाई कार्यान्वयनमा ल्याउन आफू लागि परेको बताएका न्यौपानेले बिर्तामोडका व्यवसायी माथि भएको अनियन्त्रित कर वृद्धिलाई तथा दोहोरो करका कारण व्यवसायीमा देखिएको समस्याहरुको समाधान गरिने बताए । उनले बिर्तामोड बजार क्षेत्रमा देखिएको पार्किङको समस्या दीर्घकालिन रुपमा समाधानका लागि पहल गर्ने र बजार क्षेत्रमा सार्बजनिक शौचालय निर्माणका लागि व्यवस्थित भौतिक संरचना निर्माण गर्दै फोहोर ब्यवस्थापनका लागि समेत जोड दिने बताएका छन् ।
बिर्तामोड बजारका दिनानुदिन बढ्दै गएकाले रात्रिकालिन बजार सञ्चालनमा ल्याउन जोड दिँदै त्यसका लागि आबश्यक सुरक्षा व्यवस्था मिलाउन पहल गर्ने र रात्रि कालिन बजारलाई आर्कषक बनाउन स्टेट फुड स्टलहरुको व्यवस्थापनमा जुट्ने उनको भनाई छ ।
फागुन १४ गते हुने निर्वाचनका लागि आम उद्योगी व्यवसायीहरु माझ घर दैलो कार्यक्रममा रहेका उनले आफू निर्वाचित भएसंगै व्यवसाय सञ्चालनमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने वातावरण विकास गर्दै बिर्तामोड उद्योग वाणिज्य संघलाई पेपरलेस कार्यालयका रुपमा समेत विकास गरेर लाने बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here