बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन : ४०९५ मत खस्यो

0
5

झापा ।

बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनमा नेपाली कांग्रेसमा आस्था राख्ने व्यावसायीको लोकतान्त्रिक व्यावसायिक समूह र नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, रास्वपा सम्मिलित स्वतन्त्र व्यवसायिक प्यानलबीच नेतृत्वका
लागि प्रतिष्पर्धा भएको थियो ।

लोकतान्त्रिक व्यावसायिक समूहका तर्फबाट अध्यक्षमा राजु न्यौपाने र स्वतन्त्र व्यवसायिक प्यानलकातर्फबाट अर्जुनकुमार मैनालीको नेतृत्वमा छुट्टाछुट्टै समूह प्रतिष्पर्धामा उत्रिएका थिए ।

बिहान ८ बजेबाट मतदान शुरु भएको थियो । लोकतान्त्रिक व्यावसायिक समूहका तर्फबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले प्रतिष्पर्धामा भाग लिएका छन् ।

त्यस्तै, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दीपक मित्तल र सहकोषाध्यक्ष तिलोत्तमा खत्री छन् । त्यस्तै खुला सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत, निशा साह गुप्ता मैदानमा छन् ।

यता स्वतन्त्र व्यवसायिक गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेल प्रतिष्पर्धामा रहेका छन् ।

त्यस्तै, उद्योग सचिवमा बिसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाँई, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनी मैदानमा छन् ।

खुला सदस्यहरुमा शत्रुघन रौनियार, कृष्ण बजगाँईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, रीता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुष्मा उप्रेती छन् ।

यसैबीच व्यवसायी समिल राईले खुला सदस्य पदमा स्वतन्त्र रुपमा प्रतिष्पर्धामा रहेका छन् । स्वतन्त्रबाट प्रतिष्पर्धामा रहेका राई एक मात्र प्रतिष्पर्धी हुन् । बिर्तामोड उद्योग वाणिज्य संघमा पाँच हजार ६ सय ६१ र १२ जना पूर्वअध्यक्षहरु मतदाता छन् । जसमध्ये ४०९५ मत खसेको छ । यो कूल मतदाताको ७२ दशमलव २१ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here