चलचित्र ‘कुलत’ प्रदर्शन

0
14

झापा ।

लागूऔषध दुव्र्यसनबिरुद्ध तयार गरिएको चलचित्र बिर्तामोडमा प्रदर्शन गरिएको छ ।

बिर्तामोडस्थित पाथीभरा सिने प्लाजामा सोमवार एक विशेष कार्यक्रमकाबीच कुलत नामक चलचित्र प्रदर्शन गरिएको हो ।

कसम खवासले निर्देशन गरेको चलचित्र प्रदर्शन अघि ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

५५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चलचित्र झापा, मोरङ र इलाममा छायाङ्कन गरिएको छ । सो चलचित्र कुमारी खवासद्वारा निर्मित हो ।

तिलक रिजालले सम्पादन गरेको चलचित्र द्वन्द्व रेगन प्रसाईको रहेको छ भने छायाङ्कन नरेश चौधरीको रहेको छ ।

चलचित्रमा ज्ञानु श्रेष्ठ, पिङ्की विक, सुगम नेम्वाङ, प्रतिषा अधिकारी, राजा कन्दङ्वा, स्मीता देवान, भरत रावत, कामु लिम्बूूले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here