फागुन १७ गतेदेखि चैत ७ गतेसम्म बिर्तामोडमा सडक फुड फेस्टिवल

0
7

झापा । बिर्तामोडमा तेस्रो सडक फुड फेस्टिवल हुने भएको छ । होटल व्यवसायी संघ झापाले फागुन १७ गतेदेखि चैत ७ गतेसम्म फेस्टिवल आयोजना गर्न लागेको हो ।
झापालाई आन्तरिक तथा बाह्रय पर्यटनको गन्तब्य बनाउन प्रचार प्रसार गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन् । फेस्टिवलबाट आर्थिक मन्दीका कारण शिथिल बनेको व्यवसाय थोरै भएपनि चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा रहेको उनको भनाई छ ।
फेस्टिवललाई गोर्खा ब्रुअरी नेपाल प्रा.लि.ले मुख्य प्रायोजन गर्ने छ भने जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रा.लि.ले सह प्रायोजन गर्ने आयोजक समितिले जनाएको छ ।
नेपाल पर्यटन बोर्डसंगको सहकार्यम ागर्न लागिएको फेस्टिवलको बिर्तामोड नगरपालिका संरक्षकको रुपमा रहेको होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले जानकारी दिए ।
फेस्टिवल बिर्तामोड– ३ स्थित मेची आँखा अस्पताल पश्चिममा रहेको खाली जमिनमा आयोजना गर्न लागिएको फेस्टिवलमा जातीय परिकार सहित रैथाने खाना समेतलाई प्रवद्र्धन गरिने छ ।
फेस्टिवलमा स्थानीय र अग्र्यानिक खाद्य बस्तुलाई प्राथमिकता दिनुका साथै विभिन्न जातजातीका भेषभूषाहरुको प्रवद्धन गरिने महासचिव पौडेलले बताए ।
फुुड फेस्टिवलको उद्घाटन कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फेस्टिवलमा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै विभिन्न सास्कृतिक झाँकीहरु समेत प्रर्दशन गरिने बताइएको छ ।
कार्यक्रममा जिल्लामा रहेको सबै क्षेत्रीय होटल ब्यवसायी संघ, होमस्टे, जातीय संघ संस्थाको सहभागीता रहने अध्यक्ष श्रेष्ठको भनाई छ ।
सास्कृतिक कार्यक्रम फागुन २९ गतेसम्म रहने र सो पछाडि चैत ४ गतेसम्म ब्यवसायिक स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फेस्टिवलमा २० वटा व्यवसायीक स्टल र १० वटा विभिन्न जातीय स्टल रहने बताइएको छ । फेस्टिवलको सयपत्री इन्टरटेन्मेन्टले प्राविधिक सहयोग गर्ने बताइएको छ । फेस्टिवल सम्पन्न गर्न झण्डै ३० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here