शिवसताक्षीबाट १२ जना जुवाडे पक्राउ

0
7

झापा ।

झापाको शिवसताक्षीमा जुवाजन्य खेलिरहेका १२ जना नगदसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार मध्यराती करिब १२ बजेको समयमा शिवसताक्षी नगरपालिका–११ स्थित नहरचौकका ४७ वर्षीय चेतन दुलालको घरमा छापा मारेको थियो ।

दुलालको घरमा कौडा खेलिरहेका घरधनी दुलालसहित शिवसताक्षी–९ का ४७ वर्षीय पूर्णकुमार लिम्बु, सोही ठाउँका २६ वर्षीय मोहन दुलाल, ४५ वर्षीय लोकनाथ दुलाल, शिवसताक्षी–१० का ३६ वर्षीय रबिन राई, ३३ वर्षीय नवीन सेलिङ र ३१ वर्षीय बुद्वहाङ सिगु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

त्यस्तै शिवसताक्षी–७ का ४२ वर्षीय खडीबहादुर श्रेष्ठ, ३७ वर्षीय शिवोराज माबो, ५५ वर्षीय मोहनप्रसाद दुलाल, शिवसताक्षी- ४ का २२ वर्षीय राजेश कुमार ताजपुरिया पक्राउ परेको प्रहरी निरीक्षक गिरीले बताए ।

प्रहरीले जुवास्थलबाट नगद ६६ हजार ६५ रुपैयाँ, १६ थान कौडा, कौडा खेलाउँदा प्रयोग भएको म्याट, काठको फ्रेम र ११ थान मोबाइल बरामद गरिएको प्रहरी निरीक्षक गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here