अध्ययनमा युके जान चाहनेलाई बिर्तामोडमा एक दिने शैक्षिक मेला हुँदै

0
12

बिर्तामोड ।

नेपालबाट अध्ययनका लागि युके जान चाहनेहरूलाई लक्षित गर्दै झापाको बिर्तामोडमा एक दिने बृहत शैक्षिक मेला हुने भएको छ ।

बिर्तामोडस्थित भट्टराई कम्प्लेक्सको दोस्रो तल्लामा युनिभर्सिटी एडमिसनस नेटवर्क बिर्तामोडले शैक्षिक मेला आयोजना गर्न लागेको जनाएको छ ।

यही फागुन १७ गते आफ्नै कार्यालयमा एक दिने शैक्षिक मेला आयोजना गर्न लागिएको बिज्नेश डेभलपमेन्ट मेनेजर प्रदीप लुइँटेलले बताए । उक्त मेलामा विद्यार्थीहरूले परामर्श लिन सक्ने उनको भनाइ छ ।

कन्सल्टेनसँग सहजै परामर्श लिन सकिने र अध्ययनका लागि युके जान चाहनेहरूले स्पष्टसँग कोर्स छनौटदेखि, स्कलरसिप बारेसमेत बुझ्न सकिने लुइँटेलले बताए । युनिभर्सिटी सेलेक्सन, जागिरको अवसरदेखि भिसा प्रोसेस बारेसमेत बुझ्न सकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here