‘देशलाई समृद्धिको मार्गमा अघि बढाउन एमालेको एकल सरकार चाहिन्छ’

0
8

इनरुवा,

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको बहुमतको सरकारले मात्र देशलाई समृद्धिको मार्गमा अघि बढाउनसक्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलामा उहाँले एमालेको एकल बहुमतको सरकार गठन नभएसम्म राष्ट्रियता पनि सुदृढ नहुने बताउनुभयो । उहाँले पार्टी कार्यकर्तालाई सङ्गठन विस्तारमा लाग्न निर्देशन दिँदै तल्लो तहमा पार्टीले गर्ने कामबाटै जनताको भरोसा जित्न सकिने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्लगायत आधारभूत विकासका संरचना र तिनमा विपन्न वर्गको पहँुच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै देशको समृद्धिका लागि इमान्दारीका साथ काम गर्न सरकारलाई सुझाव दिनुभयो । लोकतन्त्रको अनुभूति हुने गरी काम गर्न उहाँले वर्तमान सरकारलाई आह्वान गर्नुभयो ।

त्यस अवसरमा जनता समाजवादी पार्टी (जसपा), नेपाल केन्द्रीय सदस्य तथा तत्कालीन भोक्रहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम मेहताको नेतृत्वमा सय बढी नेताकार्यकता नेपका एमालेमा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here