नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा शनिश्चरे मावि प्रथम

0
8

अर्जुनधारा

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालय नगरस्तरिय सामुदायिक माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको छ ।

५१औं सुखानी शहीद स्मृति दिवसको सन्दर्भमा अर्जुनधारा–९ स्थित सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिको संयुक्त आयोजनामा उद्यान परिसरमा बिहीबार आयोजित उक्त प्रतियोगितामा शनिश्चरे मावि प्रथम भएको हो ।

९ वटा मा.वि.को सहभागिता रहेको प्रतियोगितामा अर्जुनधारा–६स्थित लक्ष्मी माध्यमिक विद्यालय द्वितीय, अर्जुनधारा–३स्थित कालिस्थान माध्यमिक विद्यालय तृतीय र अर्जुनधारा–७स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालय सान्तवना भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने विद्यालयलाई दिवस अन्र्तगत (भोलि)शुक्रबार आयोजना हुने औपचारिक कार्यक्रममा नगद पुरस्कार क्रमश पाँच हजार, तीन हजार, दुई हजार र एक हजारसहित प्रमाण पत्र प्रदान गरिने समितिका सदस्य एवम् कार्यक्रम संयोजक कमल गुरागाईंले जानकारी दिए ।

क्वीज मास्टर एवम् पत्रकार उमाकान्त खनालले सञ्चालन गरेको प्रतियोगितामा जेनेरल राउण्ड, रेपिड फाइभ राउण्ड र अडियो राउण्डअन्र्तगत इतिहास, राजनीति, विज्ञान, गीत, संगीत, साहित्यसँग सम्बन्धीत प्रश्नहरु रहेको थियो ।

समितिका अध्यक्ष टंकनाथ बरालको अध्यक्षता र सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष अर्जुन राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत सदस्य एवम् कार्यक्रम संयोजक गुरागाईंले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन उद्यानका व्यवस्थापक रुद्रमणि सुवेदीले गरेका थिए ।

सुखानी शहीद स्मृति दिवस सप्ताह अन्र्तगत झापा र इलामका क्याम्पसहरुको सहभागितामा ‘लोकतन्त्र प्राप्तीका लागि शहीदको योगदान’ विषयक क्याम्पसस्तरिय वकतित्वकला प्रतियोगिता, मानव–हात्ती सहअस्तित्व झल्काउने पोस्टर निर्माण प्रतियोगिता र यही फागुन २१ गते उद्यान परिसरमा रहेको पाँच जना शहीदको शालिकमा माल्यार्पण तथा साँझ दीपावली गर्ने कार्यक्रम रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here