काँकरभिट्टाबाट लागूऔषधसहित तीन जना पक्राउ

0
12

झापा।

मेचीनगरस्थित काँकरभिट्टाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरूलाई खैरो हिरोइनजस्तो देखिने पदार्थसहित काँकरभिट्टाको दार्जिलिङ होटेलअगाडि पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा १० कालिस्थान घर भई मेचीनगरस्थित सुनगाभा टोलमा डेरा गरी बस्ने २६ वर्षीय प्रकाश पौडेल, २२ वर्षीय पूजन तामाङ र काठमाडौँ १६ ढुंगेअड्डा बस्ने ३० वर्षीय ईश्वर आधिकारीलाई पक्राउ गरेको हो ।

प्रहरीले पूजनको साथबाट ४७ ग्राम खैरो हेरोइन बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here