किशोर किशोरीलाई लागूऔषध र्दुब्यसन बिरुद्ध कक्षा सञ्चालन गर्दै इलाम प्रहरी

0
23

विमल दहाल, इलाम ।

लागूऔषध, साइबर अपराध, बालविबाह, आत्माहत्या सम्बन्धि सचेतनामुलक कार्यक्रम कन्काई माध्यामिक बिद्यालय दानबबारी सितलीमा विहिबार सम्पन्न भएको छ ।

माई नगरपालिका इलाम र जिल्ला प्रहरी कार्यालय ईलामको संयुक्त आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगूले सहजिकरण गर्नु भएको कार्यक्रममा लागुऔषधको वर्गिकरण उत्पति र बनोटको आधार, असरका आधार, लागुऔषधसँग सम्बन्धित अपराधहरू लगायतका बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा जुन व्यक्तिले लागु पदार्थको बढी प्रयोग गर्दछ, त्यो व्यक्ति दुब्यसनी हुन्छ र घरपरिवारलाई समेत दुर्व्यसनमा पु¥याउँछ भन्ने जानकारी गराउदै यसले विश्वव्यापी रुपमा समस्या र अपराधको पिडा दिएको जानकारी दिनुभयो । कार्यक्रममा कन्काई माबिमा अध्ययनरत कक्षा ९देखी १२ सम्मका ३ सय जना बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख सहजकर्ता जबेगूले लागु पदार्थ दुव्र्यसन एउटा समस्या रहेको भन्दै यो समस्याले परिवार, गाँउ, समाज अनि देशका प्रगतिका सबै बाटाहरूलाई अवरोध पु¥याई ठप्प पार्ने जानकारी दिनुभयो ।

कार्यक्रममा लागूपदार्थ दुव्र्यसनको कारण आज समाजको सामाजिक मूल्य, मान्यता र प्रतिष्ठामा आँच आएको, यसले देशका सामाजिक, साँस्वृmतिक, राजनैतिक, आर्थिक लगायत सम्पूर्ण क्षेत्रमा नकरात्मक प्रभाव पारिरहेको, समाजमा हत्या, हिंसा, बलात्कार, लुटपाट, चोरी, डकैती, चेलिबेटी बेचबिखन, पारिवारिक कलह जस्ता गम्भीर समस्याहरू देखा परेको, लागु पदार्थ दुव्र्यसनको कारण हजारौं व्यक्तिहरूले अकालमा नै ज्यान गुमाउनु परेको, दुव्र्यसनबाट आमा—बुवा, दाजु—भाइ लगायत परिवारका सम्पूर्ण सदस्यहरूलाई नराम्रो बोझ, डर र अविश्वास थपेको जानकारी गराईएको थियो ।

सचेतना कार्यक्रमा दुव्र्यसनबाट परेको असर स्वंय दुव्र्यसनीलाई भन्दा परिवारलाई झनै गम्भीर रहने, परिवारका अरु सदस्यको समेत प्रगतिमा बाधा सृजना हुने, लागु पदार्थ दुव्र्यसन समाजको विकराल रोग हो भने दुव्र्यसनी रोगी हुन् भन्ने जानकारी गराईएको थियो । लागु पदार्थ दुर्बेशन समस्यालाई निराकरण गर्नका लागी यस्तो समस्या आउनुको कारण र यसले समाजलाई कस्तो असर पु¥याई रहेको छ, भन्ने कुरा विभिन्न निकायबाट अध्ययन अनुसन्धान गरी रोकथामका लागि पहल गर्नु आवश्यक रहेको बताईएको थियो ।

कार्यक्रमा लागूपदार्थ परिवार, समुदाय र राष्ट्रकै लागि पनि एक जल्दोबल्दो र घातक समस्याको रुपमा रहेको जानकारी गराईएको थियो । लागुपदार्थ दुव्र्यसनका कारण उसको व्यक्तिगत जीवनमा मात्र नभई परिवार, समाज र सिंगो राष्ट्रलाई समेत गम्भिर असर पारेको जानकारी दिदै लागु पदार्थ प्रयोगका कारण चोरी, हत्या, बलात्कार ठगी र गुण्डागर्दी जस्ता अपाराधिक कार्यलाई बढवा दिएको बताईएको थियो । कार्यक्रममा देश र समाजलाई विनाश तर्पm डो¥याउने लागुपदार्थको दुव्र्यसनलाई नियन्त्रण गरी दुव्र्यसन मुक्त समाजको निर्माण गर्नु आजको आवश्यकता रहेको अथितीहरुले बताउनु भएको थियो ।

बिद्यार्थी, शिक्षक, अभिभावक, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको प्रमुख अतिथिी माई नगरपालिका मेयर खम्बासिङ लिम्बू, अतिथी वडा अध्यक्ष उर्द बहादुर राई, कन्काई माध्यामिक बिद्यालयका प्रधानध्यापक हरि प्रसाद पौड्याल लगायतले मन्तब्य राख्नु भएको थियो । सभेतना कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक हरि प्रसाद पौड्याल र सन्चालन जिल्ला प्रहरी कार्यालयका बरिष्ठ हल्दार बिजय राईले गर्नु भएको लोदिया प्रहरी चौकी दानाबारीका इन्चार्ज कैलाश कुमार केसीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here