लागूऔषध दुव्र्यसनबिरुद्ध सचेतना जगाउँदै दारी ग्याङ

0
10

बुद्धशान्ति ।

सामाजिक कार्यमा सक्रिय युवाको संगठन दारी ग्याङ झापाले सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।

करिब सात वर्षअघिबाट सामाजिक कार्यमा सक्रिय दारी ग्याङले समाजका विभिन्न सामाजिक गतिविधि, युवाहरुको व्यक्तित्व तथा क्षमता अभिवृद्धि, रक्तदान, सरसफाई, सहयोग लगायतका कार्यमा योगदान पु¥याउँदै आएको छ ।

यसैक्रममा झापाको बुद्धशान्ति गाउँपालिकामा लागूऔषध दुव्र्यसनबिरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । बुद्धशान्तिको तीन स्थानमा लागूऔषध दुव्र्यसनबिरुद्धको सचेतनामूलक कचहरी नाटक मञ्चन गरेको छ । बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोग तथा परिवर्तन थिएटर काँकरभिट्टाको सहकार्यमा नाटक मञ्चन गरिएको दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले बताएका छन् ।

बुद्धशान्ति–१ मा अवस्थित सीता–रमेश बहुमुखी क्याम्पसबाट शुरुवात गरिएको नाटक बुद्धआदर्श माध्यमिक विद्यालय र बुद्धशान्ति–३ स्थित बुधबारे चोकमा गरी दुई शैक्षिक संस्था र एक सार्वजनिक स्थलमा नाटक मञ्चन गरिएको थियो । नाटकमा युवापुस्ता जानी नजानी कसरी लागूऔषधको दल–दलमा फस्छन् भन्ने कुरा देखाइएको थियो । यस्ता दुव्र्यसनीमा समाज र घरपरिवारले आफ्ना छोराछोरीलाई कसरी सुरक्षित राख्ने भन्ने कुरा पनि नाटकले सचेत गराएको थियो ।

सीता–रमेश बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत् विद्यार्थीहरु माझ लागूऔषध दुव्र्यसनबिरुद्धको सचेतनामूलक नाटक मञ्चन गरिएको थियो । उक्त कार्यक्रममा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको प्रमुख आतिथ्य तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल, क्याम्पस सञ्चालक समिति अध्यक्ष जयप्रसाद भण्डारी, सञ्चालक सदस्य मनेश दाहाल, दारी ग्याङ केन्द्रीय सदस्य नुतन ढकाल सहित दारी ग्याङ झापाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी बुद्ध आदर्श माविमा भएको सचेतनामूलक नाटक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थी, कक्षा १० सम्मका विद्यार्थी र कर्णाली एजुकेसन फाउन्डेसनका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई नाटक देखाइएको थियो । उक्त कार्यक्रममा बुद्धशान्ति वडा नं. १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारी, विद्यालय प्रधानाध्यापक कृष्णराज भण्डारी लगायतको आतिथ्य रहेको थियो ।

त्यसैगरी बुद्धशान्ति–३ स्थित बुधबारे चोकमा तेस्रो नाटक मञ्चन गरिएको छ । बुद्धशान्ति वडा नं. ६ का वडाध्यक्ष शिवराज पौड्यालको प्रमुख आतिथ्य, बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद उप्रेती, बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह देव, चन्द्रप्रकाश कोइराला, कृष्ण खतिवडा, गणेश खरेल, राजु उप्रेती, इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

तीनै स्थानमा भएको कार्यक्रमको स्वागत सहित कार्यक्रमको औचित्यमाथि दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव विवेक सुन्दासले गरेका थिए । कार्यक्रमको संयोजन दारी ग्याङ झापाका सल्लाहकार सदस्य उमेश तिम्सिनाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here