जिल्लास्तरीय वकतृत्वकला प्रतियोगितामा गौरादह कृषि क्याम्पस प्रथम

0
7

अर्जुनधारा ।

झापाको अर्जुनधारामा शुक्रबार सम्पन्न भएको जिल्लास्तरीय वकतृत्वकला प्रतियोगितामा गौरादह कृषि क्याम्पस प्रथम भएको छ ।

५१औं सुखानी शहीद स्मृति दिवसको सन्दर्भमा अर्जुनधारा–९स्थित सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिको आयोजनामा उद्यानको सभाहलमा आयोजित उक्त प्रतियोगितामा गौरादह प्रथम भएको हो ।

झापा र इलामका जम्मा १३ वटा क्याम्पसको सहभागिता रहेको प्रतियोगितामा मेची बहुमुखी क्याम्पस द्वितीय, वीरेन्द्र नमूना क्याम्पस तृतीय र इन्द्रचन्द क्याम्पस सान्तवना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने क्याम्पसले नगद पुरस्कार क्रमश ११ हजार, सात हजार, पाँच हजार र तीन हजारसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

समितिका अध्यक्ष टंकनाथ बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष अर्जुन राई, उपाध्यक्ष टंकप्रसाद भट्टराईलगायतले प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने सहभागी क्याम्पसका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

‘लोकतन्त्र प्राप्तीका लागि शहीदको योगदान’ विषयक वकतृत्वकलाका निर्णायकहरु चुँडामणि वशिष्ठ, जीवनाथ सुवेदी र देवीमाया प्रसाईं रहेका थिए । समितिका सदस्य एवम् कार्यक्रम संयोजक कमल गुरागाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन संयुक्तरुपमा उद्यानका व्यवस्थापक रुद्रमणि सुवेदी र पत्रकार उमाकान्त खनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here