सहनशिलको १४औं वार्षिकोत्सवमा ज्येष्ठ शेयर सदस्यलाई सम्मान

0
6

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८स्थित सहनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिकी अध्यक्ष ज्ञानकुमारी थापाको अध्यक्षतामा संस्थाको कार्यालय सभाहलमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका लेखा समिति सदस्य प्रेमसागर सापकोटाले उद्घाटन गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा संस्थामा आबद्ध ६५ वर्ष माथिका सात जना ज्येष्ठ शेयर सदस्य डण्डकुमारी बाँस्तोला, पार्वती शर्मा, फूलकुमारी खवास, बलबहादुर कार्की, यमुना गौतम, रामकुमारी रसाइली र सुन्दरा ओलीलाई नगदसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा टपरा र धागोको बात्ती बनाउने प्रतियोगिता सञ्चालन गरिएको संस्थाकी व्यवस्थापक पम्फादेवी विश्वकर्माले जानकारी दिइन् ।

कार्यक्रममा कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष चन्द्रा सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाकी व्यवस्थापक विश्वकर्माले वार्षिकोत्सवको औचित्य तथा समितिकी सदस्य वीना ताम्राकारले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कार्यालय सहायक निर्मला राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here