भारतसँगको सिमानामा सशस्त्रको बिओपी स्थापना

0
7

इनरुवा,

सुनसरीको दक्षिणी सीमावर्ती पालिका बर्जु गाउँपालिका–४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोष्ट (बिओपी) आजदेखि सञ्चालन भएको छ ।

कोरोना महामारीका बेला हर्बोनीमा स्थापना भएको फरवार्ड बेसलाई सशस्त्र प्रहरी बलले बिओपीका रुपमा सञ्चालनमा ल्याएको हो । बर्जु गाउँपालिका–४ मा स्थापना भएको उक्त बिओपीको सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उद्घाटन गर्नुभयो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङ र बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायलगायतको उपस्थितिमा उक्त बिओपीको उद्घाटन गरिएको हो ।

सशस्त्र प्रहरी बलले विराटनगरका रोमी जैनले उपलब्ध गराएको चार कट्ठा र बर्जु गाउँपालिकाले उपलब्ध गराएको दुई कट्ठा गरी छ कट्ठा क्षेत्रफलमा बिओपी निर्माण गरेको छ । सीमासुरक्षा र चोरीतस्करी नियन्त्रणसँगै सीमा अपराध रोक्न बिओपीबाट मद्दत मिल्ने बराह बाहिनीका बाहिनीपति पोखरेलले बताउनुभयो ।

बिओपीबाट ३ दशमलव ९ किलोमिटर क्षेत्रभित्रका ५१ वटा सीमास्तम्भको रेखदेख हुनेछ । हर्बोनीमा बिओपी उद्घाटन भएसँगै सुनसरीमा सशस्त्र प्रहरीको बिओपी सङ्ख्या नौ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here