स्थानीयद्वारा कान्छाराम कन्ट्रक्सनका कर्मचारी, क्रसरका ट्रक र दुई भेन नियन्त्रणमा

0
74

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरेमा स्थानीयले कान्छाराम कन्ट्रक्सनका कर्मचारी, क्रसरका ट्रक र दुई भेन नियन्त्रणमा लिएका छन्।

मनमोहन गन्धी मार्गको काम ढिलासुस्ती भएको र काम नगरी सामान उठाएर जान लागेको भन्दै उनीहरूले नियन्त्रणमा लिएर प्रशासनलाई जिम्मा लगाएका हुन् ।

स्थानीयले क्रसरका सामान सहितको ट्रक, कर्मचारी र दुई वटा भेनलाई पथरी शनिश्चरे वडा नं. १० कार्यलय र ससस्त्र प्रहरीको कार्यलय अगाडी नियन्त्रणमा लिएका थिए । कान्छाराम कन्ट्रक्सनका प्रतिनिधि दिपक थिङ तामाङलाई भने भोलि बिहानदेखि काम सुरु गर्ने मौखिक सहमति भएपछि कर्मचारी र दुईटा भेन छोडिएको छ । ट्रकलाई भने सशस्त्र प्रहरीको निगरानीमा राखेको छ ।

स्थानीयले बाटो चाडो बन्नु पर्ने माग गर्दै बाटो नबने सम्म सवारी साधन नछोड्न प्रशासनलाई दवाव दिदै आएका छन् । पटक पटक यस मार्गमा स्थानीयले निर्माण कार्य सम्पन्न गर्न दवाव दिँदै आएका छन्।यस अघि गत मंसिर १४ मा उनीहरूले पथरी शनिश्चरेको ३ स्थानमा ढाट लगाएर दवाव सिर्जना गरेका थिए । मनमोहन गान्धी मार्गको काम समयमै सम्पन्न नभएकाले दिनहुँ जसो हिउँदमा धुलो र वर्षातमा हिलोको समस्या झेलिरहेको गुनासो गर्दै आएका छन्।

कान्छाराम कन्ट्रक्सनले यात्रा गर्न सहज रहेको कालोपत्र सडकलाई ‘निर्माण गर्ने’ भन्दै भत्काएपछि हाल उक्त बाटो खल्डा खुल्डिको समस्याले यात्रा गर्न पनि असहज परिस्थिति उत्पन्न भएको नगरप्रवक्ता समेत रहेका वडा नं ०८ का वडा अध्यक्ष नवीन कार्कीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here