बिर्तामोड एजुकेशन फाउण्डेशनद्वारा धुलाबारीमा शाखा विस्तार

0
12

बिर्तामोड ।

बिर्तामोड एजुकेशन फाउन्डेसनले सातौं वार्षिक उत्सवको अवसरमा झापाको धुलाबारीमा शाखा विस्तार गरेको छ ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शैक्षिक परामर्श केन्द्र ‘बिर्तामोड एजुकेशन फाउण्डेसन प्रालि’ स्थापनाको सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिने उद्देश्यले २४ फागुन २०७३ मा बिर्तामोड एजुकेशन फाउण्डेसन स्थापना भएको थियो ।

फाउण्डेशनका अध्यक्ष राजकुमार कार्कीका अनुसार इलामको फिक्कल, झापाको चारआली र सुरुङ्गामा फाउण्डेशनको शाखा कार्यालयसमेत स्थापना गरिएको  र बिहीबारबाट धुलााबारीबाट समेत सेवा शुरु गरिएको हो । फाउण्डेशनको मुख्य कार्यालय भने बिर्तामोडको भद्रपुर रोडमा रहेको छ ।

बिर्तामोड एजुकेशन फाउण्डेसनले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया तथा यूरोपियन मुलुक जान चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । फाउण्डेशनले जापानिज, इङ्लिश, कोरियन भाषा प्रशिक्षणका साथै कम्प्युटर कक्षा र आईएलटीएस कक्षासमेत सूचारु गरिरहेको छ ।

फाउण्डेसनले बिहीबार इन्डियन आइडल सिजन १४ की टप १० मा पर्न सफल झापाली गायिका मेनुका पौडेललाई सम्मान गर्दै चाौथो शाखाको रुपमा धुलाबारीमा कार्यलय उद्घाटन गरेको हो ।

फाउण्डेसनका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाको उद्घाटन मेचीनगरका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । फाउण्डेशनको उद्घाटन गर्दै नगरप्रमुख बुढाथोकीले भाषा सिक्नुभनेको विदेश जानु मात्र नभएर यहाँ पनि धेरै काम गर्न सकिने उल्लेख गरे ।

उनले मेचीनगर तथा आसपासका पालिका विद्यार्थीलाई मध्यनजर गर्दै बिर्तामोड एजुकेशन फाउण्डेशन शाखा विस्तार गरेर सेवा प्रदान गर्न शुरु गरेको भन्दै धन्यवाद दिए । उनले नगरको तर्फबाट आफुहरुले गर्नुपर्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धताा समेत जनाए ।

सोही कार्यक्रमका बीच संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत गायिका पौडेललाई नगद ३० हजारसहित सम्मान पत्रले सम्मान गरिएको थियो । उक्त कार्यक्रममा गायिका पौडेलले आफ्ना गितहरु प्र्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथी बुढाथाोकी, इष्ट होराइजनका प्रिन्सिपल सञ्जिव राई, उद्योग वाणिाज्य संघ मेचीनगरका अध्यक्ष ख्याम प्रसाई, इक्यान झापाका अध्यक्ष रोशन सुवेदी, संस्थापक अध्यक्ष सुमन शर्मा जम्मरकट्टेल, निर्वतमान अध्यक्ष मिलन ओली लगायतले शुभकामनाा मन्तब्य राखेका थिए ।

अध्यक्ष कार्कीले सम्पूर्ण शुभचिन्तक, अग्रज व्यक्तित्व, शाखा प्रमुखलगायत कर्मचारी परिवार, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरुमा कृतज्ञतासहित धन्यवाद दिएका छन् । आगामी दिनमा अझ शसक्त, सक्रिय र उत्कृष्ट सेवाको साथ सामाजिक उत्तरदायित्व वहनमा थप जिम्बेवार भई इमान्दारीताका साथ अविचलित रुपमा शैक्षिक परामर्शका कामलाई अघि बढाउने उल्लेख गरे ।

धुलाबारी शाखा प्रमुख भोगेन्द्रप्रसाद न्यौपाने(भुवन)ले स्वागत गरेको कार्यक्रमको सञ्चालन फाउण्डेशनका कर्मचारी केशव अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here