दुर्घटना न्यूनिकरणको अभियानमा बाहुण्डाँगी जेसीज

0
4

बाहुण्डाँगी ।

बाहुण्डाँगी जेसीजले ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ । पछिल्लो समय बढ्दो दुर्घटनालाई न्यूनिकरण गर्ने उदेश्यका साथ ट्राफिक सचेतना अभियान सञ्चालन गरेको हो । शनिवार जेसीजले मेचीनगर ४ बाहुण्डाँगी बजारलार्य लक्षित गर्दै स्पिड ब्रेकर बोर्ड तथा जेब्रा क्रस निर्माण गरेको छ ।

बाहुण्डाँगी बजारमा बढ्दो सवारी दुर्घटनालाई मध्यनगर गर्दै यो अभियान सञ्चालन गरेको हो । काँकरभिट्टा ट्राफिक प्रहरी पोष्ट र बाहुण्डाँगी प्रहरी चौकीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा विद्या विकास र सरस्वती माविको अगाडी जेब्रा क्रस निर्माण गरेको हो । यसैगरी बजारको तीन स्थानमा स्पिड ब्रेकर बोर्ड राखेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले ट्राफिक सचेतना कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष कार्किले बाहुण्डाँगी जेसीजले सामाजिक उत्तरदायित्व पुरा गर्दै हरेक युवाहरुलाई जेसीजप्रतिको लगावलाई आर्कषित गरेको बताउनुभयो ।

साथै उहाँले जेसीजले हालसम्म गरेका हरेक गतिविधि उत्कृष्ट रहेको र आगामी दिनमा वडा कार्याल्य सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले जेसीजले दुई महिनाको अन्तरालमा अत्यन्तै सकरात्मक कार्य गरेको प्रति बधाई व्यक्त गर्नु भयो ।

शाखाका अध्यक्ष देबु बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बल बाहुण्डाँगीका प्रमुख धुब्र भट्ट, बाहुण्डाँगी प्रहरी चौकीका प्रमुख उमेश श्रेष्ठ, काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टका प्रमुख मनमोहन पौडेल, बाहुण्डाँगी जेसीजका पूर्व अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष पुष्कर ढकाल, पूर्व अध्यक्ष सागर कार्की, पूर्व अध्यक्ष जीवन मोते, पूर्व अध्यक्ष कञ्चन उप्रेती, युवा व्यवसायी विवेक मगरलगायतको सहभागिता रहेको थियो ।

सामुदायिक क्षेत्रका उपाध्यक्ष पवन बराइलीको संयोजनमा तथा स्वागत रहेको कार्यक्रमको आस्थापाठ कोषाध्यक्ष नित्यानन्द चम्लगाई र सञ्चालन महासचिव सुस्मिता खतिवडाले गरेकी थिइन् ।
बाहुण्डाँगी जेसीजले पछिल्लो सयम निरन्तर कार्यक्रम गर्दै आएको छ । बाहुण्डाँगी जेसीज दुई पटक नेपाल जेसीजबाट पुरस्कृत बनिसकेको शाखा हो । यो शाखाको १७ औँ कार्यक्रम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here