झापा गोल्डपको उपाधि भिड्न्त आज, सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाइज आम्नेसाम्ने हुदै

0
12

बिर्तामोड ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी छैठौं झापा गोल्डकपको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड आम्ने साम्ने हुदैछन् ।

डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजेबाट हुने खेलमा उनीहरु उपाधि आफ्नो हातमा पार्न सशक्त रुपमा प्रस्तु हुने दाबी गरेका छन् । पहिलो पटक झापा गोल्डकपको उपाधि भिड्न्तमा पुगेका दुवै टिमले नतिजा आफ्नो पक्षमा पार्ने दाबी गरेका हुन् । फाइनल खेलको पूर्व सन्ध्यामा बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेसमा दुबै टिमले उपाधि हात पार्ने दाबी गरेका हुन् ।

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो ।

झापा गोल्डकपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले सात लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैंयाँ बिधागत पुरस्कारको रुपमा पाउने बताइएको छ । गोल्डकप गत फागुन १९ गतेबाट शुरु भएको थियो ।

आज हुने समापन कार्यक्रममा विभिन्न संगितिक कार्यक्रमहरु समेत आयोजना गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेतले जानकारी दिए । उनले छैठौं झापा गोल्डकप सफल बनाउन दर्शकहरुको उत्साहजन सहभागिता रहेको भन्दै आजको फाइनल खेल हेर्न नछुटाउन सबैलाई आग्रह गरे । आज हुने सामापन कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा प्रमुख अतिथीको रुपमा रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here