मिटरब्याजीका आरोपी ओली पक्राउ,बिप्लबद्वारा प्रहरीलाई धन्यवाद

0
15
झापा,  झापाको बिर्तामोडबाट प्रहरीले अनुचित लेनदेन (मिटरब्याजी) का आरोपीलाई  पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड – ७ गरामनी निवासी दीर्घ भनिने पृथ्वी ओलीलाई पक्राउ गरेको हो ।
मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरेसंगै प्रहरीले पहिलो पटक अनुचित लेनदेनका आरोपी ओलीलाई पक्राउ गरेको हो । पक्राउ गरिएका ओलीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी श्रोतले जनाएको छ ।
विप्लब नेतृत्वको (नेकपा) ले समेत यस अघि अनुचित लेनदेन (मिटरव्याजी) ओलीसंग ब्यवहार मिलाउन पटक– पटक तागेता गर्दै आएको थियो । तर, ओलीले अटेर गरी सर्बसाधारणलाई दुःख दिँदै आएको नेकपाका मेची ब्यूरो इञ्चार्ज सुमनसिंह ‘सी’ले बताए । उनले भने – ओलीलाई हामीले पटक – पटक सर्वसाधारणसंग ब्यवहार मिलाउन भनेका थियौं । जिल्ला प्रशासन कार्यालयमा समेत सहमति गराउने प्रयास ग¥यौं तर उनले उल्टै धाकधम्की दिँदै सर्बसाधारणबाट चेक कटाएको हामीले पाएका थियौं ।
अनुचित लेनदेनमा सम्लग्न आरोपी ओलीलाई पक्राउ गरेको प्रति नेकपाले प्रहरीलाई धन्यवाद दिएको छ । एक विज्ञप्ति जारी गर्दै पार्टीका मेची व्यूरो इञ्चार्ज सुमन सिले प्रहरीलाई धन्यवाद दिएका हुन् ।
प्रहरीले झापामा पनि मिटरब्याजीलाई पक्राउ गर्न सुरु गरेको छ उनले भने – यो सुखद् विषय हो अब अन्य मिटरब्याजीलाई समेत पक्राउ गर्दै कानूनी कठघरामा उभ्याउनु पर्छ ।
झापामा झण्डै एकसयको हाराहारीमा मिटरब्याज पीडितका उजुरी जिल्ला प्रशासन कार्यालय झापामा उजुरी परेको बताइएको छ ।
यस अघि नेकपाले बिर्तामोड ५ स्थित नवराज बिमलीको घर कब्जा गर्दै झण्डा गाडेको थियो । सर्बसाधारणको सम्पत्ति फिर्ता गर्न मिटरब्याजीलाई आग्रह गर्दै विमलीको घर कब्जा गरिएको घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here