डम्पिङ साइटको दिर्घकालिन व्यवस्थापनको लागि ज्ञापन पत्र

0
9

छविराज ढकाल/ पथरी शनिश्चरे,

पथरी शनिश्चरे नगरपालिकाको फोहोर मैला व्यवस्थापनको अस्थायी डम्पिङ साइट आफ्नो वन क्षेत्रबाट हटाउन माग गर्दै शान्ति सामुदायिक वन उपभोक्ता समूहले पथरी शनिश्चरेका नगरप्रमुखसमक्ष ज्ञापन पत्र बुझाएको छ।

आज बिहीबार नगरप्रमुख तुम्वापोको कार्यकक्षमै पुगेर सो वन उपभोक्ता समितिका अध्यक्ष कुलमणी गुरुङ सहितका पदाधिकारीहरूले ज्ञापन पत्र बुझाएका हुन्।

सो सामुदायिक वन क्षेत्रमा नगरपालिकाको कार्यालयले लामो समयदेखि “फोहोर मैला व्यवस्थापनको अस्थायी डम्पिङ साइट ” बनाउँदै आइरहेको छ। ज्ञापन पत्रमा पछिल्लो समयमा सो डम्पिङ साईटमा अनाधिकृत व्यक्तिहरूले प्रवेश गरी फोहोर मैलामा कवाडी संकलन गर्ने निहुँमा प्लाष्टिक आदिमा आगो लगाईदिने र आसपासको पर्यावरण तथा जनस्वास्थ्यमा समेत नराम्रो असरहरू परेको उल्लेख गरिएको छ।

साथै , नजिकको पथरी बजार, जाँते गाउँ तथा आसपासका क्षेत्रहरू , वन्यजन्तु आरक्षमा गंभिर असर पर्दै आएकोले जनगुनासोका उजुरी पनि आएको भन्दै समुहका अध्यक्ष गुरुङले डम्पिङ साइटको दिर्घकालिन ब्यवस्थापनको माग सहित ज्ञापन पत्र बुझाएका हुन्।

उक्त अवसरमा निवर्तमान अध्यक्ष केबी गुरुङ, समुहका वर्तमान कोषाध्यक्ष रोमान्सी धिमाल, लेखा समिति सदस्य जोन सुब्बा, संचारकर्मी अर्जुन जम्नेली राई, लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here