बीमा सम्बन्धी अन्तरक्रिया माईमा सम्पन्न

0
10

विमल दहाल/माई ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा बीमा सम्बन्धी अन्तरक्रिया माई नगरपालिकामा बिहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी माई नगरपालिकाका मेयर खम्वा सिं लिम्बुले बीमा कार्यक्रम सर्बसाधारणका लागि झन्झटीलो भएको भन्दै सहज सेवा प्राग्तीका लागी बीमा प्राधिकरणले सहजीकरण गर्नुपर्ने धारणा राख्नु भएको छ ।

बीमा प्राधिकरणले बीमा सञ्चालन, मूल्यांकन, सहजीकरण र भुक्तानी प्रकृया स्थानीय तहलाई प्रदान दिएमा मात्र जीवन बीमा र निर्जिवन बीमाबाट सर्बसाधारणले सहज सेवा प्राप्त गर्ने धारण राख्नुभएको थियो ।

जीवन बीमा तथा निर्जीवन विमाहरुको नियमन निकायका रुपमा रहेको नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी माई नगरपालिकामा सरोकारलवाला संग अन्तरकृया र छलफल गरिएको हो । नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल अधिकारीको अध्यक्षता, मेयर खम्बा सिं लिम्बु प्रमुख आथित्यता, उपमेयर हिमा भण्डारी, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बिश्वकर्मा सहभागितामा सम्पन्न भएको थियो ।

कार्यक्रममा सम्पुर्ण विमाका बारेमा प्राधिकरणका उपनिर्देशक शुष्मा घिमिरेले पस्तुती गर्नु भएको थियो भने निर्जिवन बीमाका बारेमा नेको इन्सुरेन्स कम्पनीका सर्बज्ञय खतिवडाले जानकारी दिनुभएको थियो ।

जनप्रतिनिधी, कर्मचारी, संघसंस्थाका प्रतिनिधी, पत्रकार लगायत ८० जनाको सहभागिता रहेको कार्यक्रम प्राधिकरणका सह निर्देशक दिपक ज्ञवालीको सञ्चालन, शुष्मा पोड्यालको स्वागतमा सम्पन्न भएको थियो ।

नेपालमा १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जवन बीमा कम्पनी, ७ वटा लघु बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here