प्रशान्तको उपचारमा आर्थिक सहयोगको अपिल

0
11

बुद्धशान्ति।

झापा बुद्धशान्ति गाउपालिका-७ धारागोलाका १२ बर्षिय प्रशान्त बराइलीलाइ ब्रेन ट्युमर भएपछी उपचारमा आर्थिक अभाव भएको छ । एक महिना अघि नोबेल अस्पताल बिराटनगरमा ब्रेन ट्युमर पुष्ठि भएको उनका बुबा गोबिन्द बराइलिले जानकारी दिए ।

कृषि पेसा गर्दै आएको बराइलिको परिवारले छोराको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् । श्री राष्ट्रिय बिजय माध्यमिक बिध्यालय कक्षा-५ मा अध्ययनरत प्रशान्त पढाइ सङ्गै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको बिध्यालका प्रधानाध्यापक छत्रबहादुर कार्किले बताए । उनका अनुसार बिध्यालय र बिध्यार्थीहरुबाट सङ्कलित रकम सहयोग गरिएको छ ।

एक कट्ठा जमिनमा बस्दै आएको बराइली परिवारको आर्थिक आय-आर्जन गर्ने कुनै इलम नरहेकाले छोराको उपचारमा समस्या भएको हो । उनको उपचारका लागि सहयोग रकम सङ्कलन कार्य भइरहे पनि उक्त रकमले नपुग्ने भएकाले सहयोगका लागि अपिल गर्नु परेको उनका बुबा गोबिन्द बराइलिले बताए । हाल उनको बिर्तामोड स्थित बिएण्डसी क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

प्रशान्तको उपचारमा सहयोग गर्न चाहनु हुने देश भित्र र बाहिरका महानुभावहरुले एक्सल डेभलपमेन्ट बैङ्कमा गोबिन्द बराइलिको नाममा खोलिएको खाता नम्बर ००६०१९००१७८३८५०००००१ जम्मा गरिदिन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here