मानिस

0
6

 

मानिसलाई कसले हेपेको अनि विभेद गरेको ?
त्यही मानिस मर्दा कसले शव पोलेको ?
उही मानिसलाई खुकुरीले कसले ढालेको ?
मानिसै त हो यो सब गर्ने
अनि झाडीमा फालेको नि पाल्ने ।
मौकामा फाइदा लुट्ने को ?
टुटेको मानिसलाई नै अन्यायले थिच्ने, थिचाउने को ?
अवसरमा चौतर्फी हिँडने को ?
आखिर त्यही मानिस त हो नी
अनि निश्वार्थ मानव सेवा गर्ने पनि ।
आफन्त चिन्ने–नचिन्ने आखिर को ?
देश लुटेर भुँडी भरी विकासको घुँडा काट्ने को ?
सबै बुझी तिनै छान्ने जनता भनाउँदा कस्ता ?
आखिर मानिसै त हो यो सब गर्ने ।
अनि जन–जगतहितको लागि आफू शहीद बन्ने ।
मान्छेको औकात खोज्ने को ?
मान्छेको चित्कार नसुन्ने को ?
दुव्र्यसनमा फस्ने–फसाउने को ?
आखिर मानिस नै त हो यो सब गर्ने ।
अनि सज्जन बनी जगत् भलो खोज्ने ।
मर्दापर्दा चाहिने को ?
हाँसो, रोदनमा खोजिने को ?
धर्म–कर्म गर्ने, पापको घडा भर्ने को ?
आखिर मानिसै त हो सब कर्म फल लिने
अनि, मानिसै त हो भगवान् रुपी भेटिने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here